www.raptisandesh.webs.com
राप्ती सन्देश डट वेब्स् डट कम

मध्यपश्चिम को आवाज

रोजगार पिडित युवाहरु संगठित हुँदै

 दाङ्ग वैशाख १

नयाँ सालको शुभारम्भ संगै नयाँ सोंच विचार र कार्य योजना सहित वैदेशिक रोजगार पिडित तथा वेरोजगार  युवा हरु संगठित भयर स्वदेश तथा विदेशको अनुभव श्रम सिप र सानो पुजी को सामुहिक लगानी बाट पनि स्वदेश मै केहि गर्न सकिन्छ  र गर्नु पर्छ भन्ने सकारात्मक संदेश र उदाहरण दिन युवाहरुले स्वरोजगार युवा संजाल नेपालको अवधारणा युवा किसान कृषि सहकारी संस्था स्थापना अभियान र युवा स्वरोजगार मुलक अभियान संचालन गर्ने युवाहरुलाई स्वदेश मै स्वरोजगार को वातावरण सिर्जना गर्न गराउन उक्त अभियान संचालन गर्न गैरहेको साथै हाल सम्पर्क कार्यालय घोराही र तुलसीपुरमा राखेर संजाल को काम कारवाही अगाडी वढाउने काम भैरहेको र विस्तारै देशका विभिन्न जिल्ला हरुमा कार्यालय हरु स्थापना गरेर काम गर्ने संजालका अध्यक्ष अमर ओली श्रमजीवी ले वताउनु भयको छ

आन्दोलनरत राष्ट्रहरुमा पुगेका नेपालीहरुको उद्वार कार्यमा ढिलाई नगर्न अनुरोध


क्वालालम्पुर अप्रिल
नेकपा एमाले प्रवासी नेपाली मजदुर संघ मलेसिया ले आन्दोलन तथा युद्दरत राष्ट्रहरुमा रहेका नेपाली हरुको उद्द्वार कार्यमा ढिलाई नगर्न सरकार संग अनुरोध गरेको छ ! इजिप्ट, लिबिया, बहराइन र सिरिया लगाएतका खाडी राष्ट्रहरुमा आन्दोलन चर्किरहेको कारण त्यहाँ स्थित रहेका नेपाली मजदुरहरु असुरक्षित रहेको खवर मिडियाहरुमा वारम्वार आइरहदा संघले उक्त अनुरोध गरेको हो ! संघले आन्दोलनरत खाडी राष्ट्रहरुमा रहेका नेपाली मजदुरहरु लाई नेपाल सरकारले कुटनीतिक पद्दति अवलम्वन गरि तुरुन्त स्वदेश फर्काउन व्यवस्था गर्न सरकार समक्ष अनुरोध गरेको छ! संघ का अध्यक्ष अमर ओली श्रमजीवीले एक वक्तव्य प्रकाशित गर्दै टेलिफोन मार्फत प्रधानमन्त्री झलनाथ खनाल समक्ष उक्त कुराको अनुरोध गर्नु भयको हो ! 

स्वर्गीय धितालप्रति भावपूर्ण श्रद्धाञ्जली

तुलसीपुर, । रेडियो तुलसीपुर एफएमका अध्यक्ष स्व. देवीप्रसाद धितालको १३ औं दिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जली सभामा बोल्ने वक्ताहरुले धितालको हत्यामा संलग्न अपराधीहरुलाई तत्काल पक्राउ गरी कानुनको दायरामा ल्याउन सरकार एवं स्थानीय प्रहरी प्रशासनलाई आग्रह गरेका छन् ।

आपराधिक समूहद्वारा धितालको हत्या भएको १३ औं दिन रेडियो तुलसीपुर एफएम र लायन्स क्लव तुलसीपुरको संयुक्त आयोजनामा धिताल निवासमा भएको श्रद्धाञ्जली सभामा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष प्रताप रेग्मीले अहिलेसम्म पनि अपराधीहरु पत्ता नलागेकोमा चिन्ता र आक्रोश व्यक्त गर्दै यस्तै स्थिति रहे पत्रकार महासंघ आन्दोलनमा उत्रिने बताउनुभयो । उहाले स्व. धितालको हत्यालाई पत्रकार महासंघको जिल्ला, केन्द्र र अन्तर्राट्रय पत्रकार महासंघले समेत गम्भीररुपमा लिएको प्रसंग उल्लेख गर्दै नागरिक हत्याप्रति राज्य र राजनीतिक दलहरु गम्भीर नभएको आरोप लगाउनुभयो । उहाले राज्य, सरकार, दलहरु र नागरिकसमेत निरीह बनेको अहिलेको अवस्थामा स्वर्गीय धितालको हत्याबारे सत्यतथ्य पत्ता लगाउन नागरिक तहबाटै पहल गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।
श्रद्धाञ्जली सभाका विशिष्ट अतिथि नागरिक समाज दाङका संयोजक टीकाराम रेग्मीले संक्रमणकालको फाइदा उठाएर समाजमा हत्या, हिंसा र अपराध मौलाउदै गएकोमा चिन्ता प्रकट गर्नुभयो । उहाले राजनीतिक दलहरुले प्रधानमन्त्री चुन्न नसकेको प्रसंग कोट्याउदै संक्रमणकाल लम्बिदा शान्ति सुरक्षाको स्थिति नराम्ररी बिग्रिएको बताउनुभयो । धितालको हत्यालाई नागरिक समाजले गम्भीररुपमा लिएको उल्लेख गर्दै उहा“ले राजनीतिक दलहरुले अपराधीलाई संरक्षण गर्न नहुनेमा जोड दिनुभयो । पुर्वसांसद गेहेन्द्र गिरीले गलत मानिसहरुलाई राजनीतिक दलहरुले काखी च्याप्दा अपराधलाई संरक्षण गर्ने काम भएको उल्लेख गर्दै स्वर्गीय धितालप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।
श्रद्धाञ्जलीसभामा नेपाली कांग्रेस दाङका संगठन विभाग प्रमुख केशव आचार्य, एकीकृत नेकपा माओवादीका तुलसीपुर नगर सेक्रेटरी प्रदीप वली, एमाले दाङका अध्यक्ष लक्ष्मण आचार्य, राष्ट्रिय जनमोर्चाका इश्वरी भण्डारी, मधेशी फोरम लोकतान्त्रिकका कृष्णगोपाल गुप्ता र जनमोर्चा नेपालका भरत दाहालले धितालका हत्यारा दण्डित हुनुपर्ने बताउदै अनुसन्धान प्रक्रियालाई सघाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
सो अवसरमा रेडियो तुलसीपुरका उपाध्यक्ष टेकनप्रसाद बस्नेत -हिमाल), राप्ती अञ्चल यातायात समितिका उपाध्यक्ष मेघराज भुसाल, प्रजातान्त्रिक कानुन व्यवसायी संघका मोहन धिताल, नेपाल पत्रकार महासंघ दाङका सचिव सविन प्रियासन, मानवअधिकार तथा शान्ति समाज दाङका सभापति निर्मल नेपाली, लायन्स क्लवका प्रतिनिधि सेम शाक्य, रेयूकाईका कृष्ण केसी, तुलसीपुर उद्योग वाणिज्य संघका सचिव विष्णु पुन र रेडियो तुलसीपुरका स्टेशन म्यानेजर अर्जुन गिरीले श्रद्धाञ्जलीसहित मन्तव्य व्यक्त गर्नुभएको थियो ।
लायन्स क्लव तुलसीपुरका अध्यक्ष विमल रिजालको अध्यक्षता भएको श्रद्धाञ्जलीसभामा मानवअधिकार प्रतिष्ठानका अध्यक्ष विनोदकुमार श्रेष्ठले स्व. धितालको जीवनी प्रस्तुत गर्नुभएको थियो । श्रद्धाञ्जलीसभामा तेजबहादुर कार्कीले स्वागत, राजेन्द्र धितालले धन्यवाद ज्ञापन र पत्रकार सुशील बस्नेतले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।
यसैगरी स्व. धितालको १३ औं दिनको पुण्यतिथिमा नेपाली कांग्रेस क्षेत्र नं. ४ ले श्रद्धाञ्जली सभा आयोजना गर्‍यो । नेका दाङका सभापति वीरकेशरी गौतमको प्रमुख आतिथ्यमा सम्पन्न श्रद्धाञ्जली सभा क्षेत्र नं. ४ का सभापति जगत खड्काको अध्यक्षतामा भएको थियो ।


हत्यारा पहिचान गरी कारवाही गर्न माग गर्दै ज्ञापनपत्र

घोराही,  । सञ्चार उद्यमी देवीप्रसाद धिताल -हेमराज) का हत्याराको पहिचान गरी कारवाही गर्न माग गर्दै रेडियो तुलसीपुरले मंगलवार तीनबु“दे मागसहितको ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय दाङ, जिल्ला प्रहरी कार्यालय दाङ, क्षेत्रीय प्रहरी इकाई कार्यालय राप्ती र इलाका प्रहरी कार्यालय तुलसीपुरमा बुझाएको छ ।
हत्या भएको १३ दिन बितिसक्दा पनि हत्याराको पहिचान हुन नसक्नुले थप अन्योल पैदा भएको भन्दै धिताल हत्याका दोषीहरुको यथाशीघ्र पहिचान गरी तत्काल कारवाही प्रक्रिया चलाउन ज्ञापनपत्रमा माग गरिएको छ । त्यसैगरी दाङको पश्चिम क्षेत्रको ब्रि्रदो शान्तिसुरक्षाको स्थितिलाई ध्यानमा राखी एक साताभित्र सुरक्षा व्यवस्था सुदृढ बनाउनुपर्ने, धिताल हत्याकाण्डबारे हालसम्म भएको अनुसन्धान र उपलब्धिबारे यथाशीघ्र जानकारी गराउनुपर्ने माग गरिएको छ । उल्लेखित मागहरुको पाँच दिनभित्रमा सुनुवाइ नभएमा नेपाल पत्रकार महासंघ र सामुदायिक रेडियो प्रसारक संघसँग समन्वय गरी चरणवद्ध आन्दोलनमा उत्रन बाध्य हुने रेडियोका उपाध्यक्ष टेकनप्रसाद बस्नेतद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा उल्लेख छ ।
नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष प्रताप रेग्मी, रेडियो तुलसीपुरका उपाध्यक्ष टेकनप्रसाद बस्नेत, रेडियोका स्टेशन मेनेजर अर्जुन गिरीलगायतको टोलीले प्रमुख जिल्ला अधिकारी ऋषिराम ढकाल र जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवालीलाई सो ज्ञापनपत्र बुझाएको थियो । सो अवसरमा हत्याको कारणबाट हत्याराको पहिचान गर्नुपरेकाले समय लम्बिएको प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभयो । प्रहरीको एक्लो प्रयासले मात्र अपराधीको पहिचान र पक्राउ गर्न समय लाग्ने उहाँले बताउनुभयो । प्रहरी प्रमुख ज्ञवालीले प्रहरीले हत्यारा पहिचान गर्ने काम जारी राखेको उल्लेख गर्दै हत्याको प्रकृतिअनुसार हत्या सुनियोजित र योजनावद्ध भएका कारण हत्याराको पहिचान गर्न केही समय लागेको बताउनुभयो ।

पत्रकार महासंघ मलेसिया द्धारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

 
रामचन्द्र नेपाल क्वालालम्पुर
नेपाल पत्रकार महासंघ मलेसियाको आयोजनामा श्रम निति र कार्यान्वयन विषयक अर्न्तरक्रिया सम्पन्न भएको छ। पत्रकार महांसघ मलेसियाका सभापति विनो लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ जिफन्टका केन्द्रीय सदस्य कृष्ण वहादुर केसी,नेपाल ट्रेड युनियन काग्रेसका केन्द्रिय सदस्य जनार्दन भटराई, नेकपा एमाले प्रवास कमिटि 'प्रवासि नेपाली मजदुर संघ मलेसियाका अध्यक्ष अमर ओली "श्रमजीवी", गैर आवासिय नेपाली संघका केद्रिय सदस्य भिम शेरचन,जिफन्ट मलेसियाका वेद कुमार खतिवडा,नेपाली काग्रेस जनसम्पर्क मन्च मलेसियाका संयोजक चोलाकान्त पंगेनी लगायतकाले अन्तरक्रियामा आ-आफनो भनाई राख्नु भएको थियो। कार्यक्रमको सन्चालन शाखा कोषाध्यक्ष रुसाहाङ चेमजोङले गर्नु भएको थियो।

मलेसियाको जेल र क्याम्पमा संयुक्त अनुगमन टोली

क्वालालम्पुर । मलेसियाका जेल तथा क्याम्पहरुमा विभिन्न कारणले सजाय काट्दै आइरहेका नेपाली मजदुरहरु लाइ मलेसिया स्थित प्रवासी नेपाली मजदुर संघ मलेसिया, नेपाली दुतावास मलेसिया र तमु समाज मलेसिया को संयुक्त टोलीले मंगलबार अध्ययन तथा अनुगमन गरेको छ ।
मलेसियाको राजधानी क्वालालम्पुर देखि दक्षिण पूर्वी स्थानमा रहेको काजाङस्थित लिङकिङ क्यापमा विभिन्न अभियोगमा सजाय भोगीरहेका २९ जना नेपाली मजदुरहरु रहेको अनुगमन टोलीमा सरिक हुनुभयका प्रवासी नेपाली मजदुर संघका अध्यक्ष अमर ओली "श्रमजिवी" ले बताउनु भयको छ । २७ जना अबैधानिक अभियोगमा समातिएका हुन्, भने एक जना अपहरण र एक जना मानव बेचबिखन अभियोगमा समातिएका हुन्। ‘क्याम्प भित्र रहेका मजदुरहरु विगत एक हप्ता देखि २ वर्ष सम्म सजाय भोगिरहेका छन् ।
प्रवासी नेपाली मजदुर संघ मलेसियाका अमर ओली "श्रमजिवी" नेपाली दुतावास मलेसियाका कृष्ण विष्ट, हर्क लामा र तमु समाज मलेसियाका सुर्य गुरुङ समेतको एक टोलीले उक्त क्यापमा रहेका नेपाली मजदुरहरु को अनुगमन गरेको हो । क्यापमा रहेका २९ मध्ये २० जनाको नेपाल फर्कन मिल्ने यात्रा अनुगमन पत्र छिटै बन्ने भएकोले उनीहरु छिट्टै नेपाल फर्कन मिल्ने अनुगमन टोलीले बताएको छ । बाँकी ९ जनाका आफन्तहरु सम्पर्कमा नआएका कारण छिट्टै मुक्त हुन सक्ने अवस्था छैन । टोलीका अनुसार टिकट दिने कोहि भए अपहरणकारी बाहेक अन्य ८ जना मुक्त भई नेपाल फर्कन सक्ने छन् ।
ढेड महिना देखि १६ जना नेपाली श्रमिक अलपत्र
क्वालालम्पुर । मलेसियाको इपो पेराकमा रहेको लेटेस्ट ग्लोव कम्पनीमा डेढ महिना अगाडि आएका १६ जना नेपाली अलपत्र अवस्थामा परेका छन । विभिन्न पाँच वटा मेन पावरवाट आएका उनीहरु कम्पनीले वेवास्था गरेको कारण अलपत्र परेका हुन । चौध सय रिगेट अर्थात लगभग नेपाली ३३ हजार रुपैया खर्च गरि चार वटा टेक्सी रिर्जभ गरेर उनीहरु क्वालालम्पुर आई पुगेका हुन ।मलेसिया स्थित नेपाली दुतावासको सहयोगमा घर फर्कने तयारी गरिरहेका उनीहरु मध्ये ७ जनाको नेपालवाट फर्कने टिकट आईसकेको बताइएको छ । वाँकि अन्य नेपाली श्रमिकहरुलाई प्रवासी नेपाली मजदुर संघले सहयोग गरिरहको संघका अध्यक्ष अमर ओली "श्रमजिवी"ले जानकारी गराउनु भएको छ । ओलीका अनुसार पिडित वाँकि नेपालीहरु पनि छिटै घर फर्कने छन ।

६ घण्टा नियन्त्रणमा लियर ६ जना द्वारा दाङमा किशोरीमाथि सामूहिक बलात्कार

दाङ, - दाङको तुलसीपुरमा गएराति एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ ।
बास बस्नका लागि तुलसीपुर बसपार्कस्थित न्यू राप्ती गेष्ट हाउसमा आएकी रुकुमकी एक युवतीलाई ६ जना युवाले अपहरण गरी मंगलवार राति बलात्कार गरी ६ घण्टापछि छाडिदिएका छन् ।
होटलको माथिल्लो तलामा बसेकी युवतीलाई मादक पदार्थसहित खाना खादै गरेका ६ जना युवाले राति ११ बजे लछारपछार गर्दै मुखमा रुमाल बाधेर बसपार्कदेखि दक्षिण पश्चिमतर्फ दुइ कि.मी.टाढा टिकरी भन्ने स्थानमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । ती युवती मंगलवार साझ ५ बजे तुलसीपुर आएकी थिइन् ।
टिभीको आवाज ठूलो बनाएर खाना खाइरहेका ६ जनालाई उनले टिभीको आवाज घटाउन अनुरोध गरेलगत्तै कुटपिट शुरु भएको होटल सञ्चालक सुशीला बस्नेतले बताइन् । उनीहरुले युवतीलाई लछारपछार गर्दै मुखमा रुमाल बाधेर लगेका थिए। सुशीलाले अगाडि भनिन्; बेहोशजस्तै भएका हामीले प्रहरीलाईसम्म खबर दिन सकेनौं ।
प्रहरीले अपहरणको खबर पाएपछि खोजी कार्य तीब्र बनाएको बताइएको छ । प्रहरीले होटल सञ्चालक केवल बस्नेतलाई पक्राउ गरी बयानका आधारमा रातभरि खोजी कार्य अगाडि बढाएको थियो ।
बिहान ४:३० बजे अपहृत युवती होटलको सर्म्पर्कमा आएपछि बयानका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरले एक प्रहरी नायव निरीक्षकको संयोजकत्वमा टोली गठन गरेर बलात्कारीहरुको खोजी कार्य अगाडि बढाएको छ । प्रहरीले सिभिल र पोशाकमा टोली खटाएको बताएको छ ।
प्रहरीले बलात्कारीहरुको पहिचान भइसकेको दावी गरेकै बेला पीडित युवतीले ६ जनाविरुद्ध किटानी जाहेरी दिएकी छन् । उनीहरुको नाम भने प्रहरीले अभियुक्तहरु फरार हुनसक्ने आशंकामा गोप्य राखेको छ । सो घटना हुनुमा राजनीतिक दबाबमा केही दिन अगाडि गरिएको आफ्नो सरुवा नै मुख्य कारण भएको प्रहरी निरीक्षक प्रकाश सापकोटाको दावी छ ।
र्सार्वजनिक अपराध ऐनअर्न्तर्गत मुद्दा लागेकाहरुलाई पक्राउ गरी कारवाही गर्न खोज्दा आफूलाई सरुवा गरेपछि अपराधीहरुको मनोबल बढेर अहिलेको घटना भएको प्रहरी निरीक्षक सापकोटाको बुझाइ छ । चार महिना नपुग्दै सरुवा भएपछि शान्ति कसरी सुदृढ हुन्छ उहाको प्रश्न थियो । ती युवती अहिले मानसिकरुपमा असन्तुलित भएको प्रहरी निरीक्षक सापकोटाले जानकारी दिए ।

कारवाही गर्नुपर्छ: होटल समिति

यसैबीच होटलमा आउने ग्राहकलाई सुरक्षा दिन नसक्नु होटल सञ्चालकको कमजोरी भएको तुलसीपुर होटल व्यवसायी समितिका अध्यक्ष लक्ष्मीप्रसाद वलीले बताउनुभयो । होटल सञ्चालकले गल्ती गरेका कारण कारवाही गर्नुपर्ने वलीको दावी छ ।
होटलको संख्या ५ सय पुगिसके पनि ८/१० दिन बिराएर किनबेच हुने गरेका कारण यो समस्या आएको उहाको बुझाइ छ । उता होटल सञ्चालक बस्नेतले भने कसैलाई नचिनेपछि ग्राहकको सुरक्षा गर्न नसकेको बताए । सल्यान बाझकाडा-१ मोख्ला निवासी बस्नेत परिवारले पहिलोपटक होटल गरेका कारण अलमलमा परेको बताएको छ । राप्ती अञ्चल अस्पताल तुलसीपुरले बलात्कार भएको पुष्टि गरेको छ । सो रिपोर्ट आएपछि प्रहरीले अभियुक्त ६ जनालाई जबर्जस्तीकरणी र अपहरण सम्बन्धी मुद्दा लगाउने तयारीगरेको प्रहरी निरीक्षक सापकोटाले बताउनुभयो ।
केही समयअघि तुलसीपुर नया बसपार्कस्थित एक होटलमा बास बस्न आएका एक व्यक्तिको हत्या भएको थियो । शान्ति सुरक्षाको स्थिति खस्कदै गएको बेला सुरक्षा व्यवस्था सुदृढ बनाउन प्रहरीलाई सबै राजनीतिक दलहरुले सहयोग गर्नुपर्ने होटल व्यवसायीहरुको आग्रह छ ।
यसैबीच महिला मानव अधिकार रक्षकहरुको सञ्जाल दाङले विज्ञप्ति जारी गरी सामूहिक बलात्कारको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षा भएको जनाएको छ ।
सञ्जालकी अध्यक्ष लक्ष्मी आचार्यले बुधवार विज्ञप्ति निकालेर घटनामा संलग्न केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको उल्लेख गर्दै घटनामा संलग्न सबैलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कारवाहीको माग गर्नुभएको छ । विज्ञप्तिमा पीडितको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पीडितको सुरक्षा एवं सम्मानपूर्ण वातावरणमा न्यायिक प्रक्रियाको माग गरिएको छ ।
यस्ता अपराध विभिन्न स्थानमा विगतदेखि हुदै आएका छन् प्राय ती सबैमा अपराधीलाई राजनीतिक एवं प्रशासनिक संरक्षण हुदै आएको हामीले देख्दै आएको कुरा हो। जसले यस्ता आपराधिक मनोवृत्ति बोकेकाहरुले बल पाइरहेका छन। अपराधीहरुले सजिलै उन्मुक्ति पाउने यही वातावरणका कारण तुलसीपुर घटना दोहोरिएको हाम्रो ठहर छ। विज्ञप्तिमा भनिएको छ। अब यस्तो अवस्थाको अन्त्य हुनु जरुरी छ, यस घटनाका अपराधीहरुलाई कहि कतैबाट संरक्षण नहोस् भन्दै कडा सजायका लागि हामी सम्बन्धित न्यायिक निकायसमक्ष जोडदार माग गर्दछौं ।'
विज्ञप्तिमा समाजका यस्ता अपराधीलाई सजाय एवं पीडितलाई न्यायका लागि दबाब र सशक्त आवाज उठाउन नागरिक समाज, राजनीतिक पार्टी महिला अधिकारकर्मी एवं सम्पूर्ण न्यायप्रेमी जनसमुदायमा अपिल गरिएको छ ।
यसैबीच रुकुमेली सेवा समाजका अध्यक्ष मीनराज वलीले पीडितलाई न्याय दिलाउन कुनै कसर पनि बाकी नराख्ने बताउनुभएको छ । उहाँले बलात्कारीहरुलाई कारवाही गर्न प्रहरी प्रशासनले चाल्ने हरेक कदमलाई सहयोग गर्ने बताउनुभएको छ । राजनीतिक दलको दबाबमा अपराधीहरुलाई संरक्षण गर्न खोजेमा समाजले कडा आन्दोलन गर्ने उहाले चेतावनी दिनुभयो ।

एमाले प्रनेम संघ मलेसियाको बैठक सम्पन्न

क्वालालम्पुर

यहि गत जुन ६ तारिख एमाले को मलेसिया प्रवास कमिटिको दोस्रो बैठक सम्पन्न भयो अमर ओली 'श्रमजीवी' को अध्यक्षता र जिफन्ट मलेसिया क संस्थापक संयोजक बेद कुमार खतिवडा को प्रमुख आतिथ्य र दुर्गा शाही को बिशिष्ट आतिथ्य मा सम्पन्न बैठकको संचालन सोहि कमिटि का सचिव बिर विक्रम सुनार ले गर्नु भएको थियो त्यसैगरि स्वागत कमल कृष्ण पौडेलले भने शुभकामना मन्तव्य उद्दव कोइराला ले दिनु भएको थियो। बैठकले नयाँ विधान र पार्टीको केन्द्रीय कमिटि लेनिनवादी संगठनात्मक पद्दति अनुसार महासचिव को जिम्मेवारी बिर विक्रम सुनार लाई र सचिव को जिम्मेवारी अर्जुन घिमिरे लाई दिएको छ। त्यसैगरि नेपालमा बन्न गैरहेको नयाँ संविधान पुर्व तोकिएको समयमा बन्न नसक्नु दुखदपूर्ण रहेको र आगामी बन्न गैरहेको संविधान निर्माण प्रक्रिया लाई सफल तुल्याउन सवै दलहरु सहमति मा जुट्न जुटाउन संविधान सभा सभामुख र प्रधान मन्त्रि समक्ष ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ ।

घोराहीमा सडक विस्तार अभियान तिव्र बन्दै

तुलसीराम सुवेदी

घोराही नगरपालिकाका  सडक विस्तार अभियानलाई तिर्व पारिएको छ । बजारका प्रत्येक गल्लीहरु क्रमश विस्तार र गुणस्तर वृद्वि गर्ने योजनाका साथ घोराही नगरपालिकाले प्रत्येक वर्ष सडक कालोपत्रे गर्दै्र आएको छ ।
 घोराही नगरपालिका कार्यालयले दिएको जानकारीअनुसार यस वर्ष सडक वर्ष सफल भएको छ । सडक वर्षलाई लक्षित गरेर नगरपालिकाले सडक विस्तार अभियानलाई तिर्व पार्दै लगेको छ । यस आर्थिक वर्षभित्र झण्डै  साढे तीन किलोमिटर बाटो कालोपत्रे भएकेा छ । जिविस उत्तरदेखि भरतपुर क्याम्पसमा जाने ६३० मिटरको बाटो दिपशिखा चोकदेखि रतनपुर हुँदै लखर्रेचोकसम्मको ४५३ मिटरको बाटो  निर्माण भएको घोराही नगरपालिकाका कार्यालयका इन्जिनियर रामधन श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार लखर्रेचोकदेखि प्रहरी बोर्डिङसम्मको ५ मिटर लालिगुरास जनचेतना शिववस्तीलगायतको १ किलोमिटरको बाटो निर्माणाधीन अवस्थामा रहेको छ । ४५३ मिटर सडक कालोपत्रेका लागि ५० लाख ६३० मिटर सडकका लागि ५३ लाख ९६ हजार २ सय ५ सय मिटरका लागि २५ लाख रकम छुट्टयाइएको थियो । कार्यालयले दिएको जानकारीअनुसार जिल्ला शिक्षा कार्यालयदेखि रतनपुरचोकसम्म ३ सय ८८ मिटर सडक कालोपत्रे भएको थियो । सडक कालोपत्रे गर्ने काम सबै उपभोक्तामर्फात भएका छन् । ुजिविसउत्तरदेखि क्याम्पस जोड्ने बाटो कालोपत्रे गर्ने कार्य सकियो अव नाली बनाउने काम बाँकी छ केही दिनभित्र सकिन्छु उपभोक्ता समितिका अध्यक्ष दधिराम सुवेदीले भन्नुभयो
   घोराही नगरपालिको वडा नम्वर १० र ११ मा मात्रै कालोपत्रे भएको छ । केही वर्षयता मात्रै सडक कलोपत्रे गर्ने कार्य तिर्व भएको स्थानीयवासीहरु बताउछन् । वडा नम्वर १ देखि ९ सम्मका कुनै पनि सडकहरु अहिले कालोपत्रे भएका छैनन् । ुहामीले आउँदो वर्षमा पनि सडक विस्तार अभियानलाई फोकस गर्ने योजना बनाएका छौैँ नगरवासीहरुले पनि ७० प्रतिशत जति सडककेन्द्रीत योजनाका सुझाव दिनुभएको छु घोराही नगरपालिका कार्यालयका कार्यकारी अधिकृत हरिप्रसाद पाण्डेयले भन्नुभयो । उहाँले दिनुभएको जानकारीअनुसार केही वर्षभित्र नगरपालिकाका सबै वडाका सडकमा कालोपत्रे गरिने छ । ुसडक वर्षस्वरुप यस वर्ष चक्रपथको प्रारम्भिक अध्ययन कार्य सकिएको छ आउँदो वर्षमा यसलाई थप विस्तार गर्नेछौँु उहाँले भन्नुभयो । यसैबीच घोराही नगरपालिकाले नगरभित्रको सडकको प्रोफाइल तयार पार्ने भएको छ  । ुनगरभित्रको सडकका बारेमा अध्ययन भइरहेको छ केही दिनभित्र यो कार्य पूरा हुनेछु ईन्जिनियर श्रेष्ठले भन्नुभयो । त्यस्तै घोराही बसपार्कवरीपरीको बाटो पनि कालोपत्रे हुदैँछ । मिलनचोकदेखि बसपार्क हुदैँ पुलसम्म र पुलदेखि आर्मी ब्यारेकसम्मको बाटो पनि कालोपत्रे हुन लागेको घोराही नगरविकास समितिले जनाएको छ । ५० लाख बराबरको कालोपत्रे कार्य भइरहेको समितिलिे जनाएको छ । उता सडक डिभिजन कार्यालय दाङले लमही तुलसीपुर सडकअन्तर्गत घोराहीको मेनरोडको ५० मिटरको सडकमा नाला बनाउन लागेको जनाएको छ । कार्यालयका ईन्जिनियर ऋषिराम शर्माले दिनुभएको जानकारीअनुसार घोराही क्षेत्रमा शहीदचोकदेखि थारुगाउँसम्म जोड्ने सडकको एक छेउमा नाला निर्माण कार्य भइरहेको छ । ुवर्षातको समयमा शहीद गेटबाट आएको ढल निकास नभएर सडक जलमग्न हुन्थ्यो त्यसकारण थोरै बजेटले पनि सानो काम थालेका छौँु शर्माले भन्नुभयो ।


लमहीमा पानीको हाहाकार माओवादी असहमतिले आयोजना अन्यौलमा

  । खानेपानीको हाहाकार भएको दुई दिन बितिसकेको छ तर खानेपानीको आशामा बसेका उपभोक्ताहरु पानी प्रयोग गर्न नपाउँदा याकुल व्याकुल भएका छन् । लमहीमा पिउने पानीको दिर्घकालीन व्यवस्थापन नहुँदा दिनहु उपभोक्ताले समस्या झेल्नु परेको छ ।
  यही वर्षदेखी लमहीमा करीव २० करोढको लागतमा शाना शहरी खानेपानी आयोजन साचालन गर्न ९० प्रतिशत भन्दा वढी उपभोक्ताहरु करीव करोढको आयोजना संचालनको माग गरेको र आयोजनाको गृहकार्य अन्तिम चरणमा पुगेको बेला  एकीकृत नेकपा माओवादीले पानी पुर् याउने अति संवेदनशील विषयमा सहमति नजनाउदा आयोजनामा अन्योलता छाएको छ । अधिकांश उपभोक्ता पाचँ प्रतिशत रकम बुझाउन तयार रहेपनि माओवादीले आफ्ना अनुकुलका उपभोक्ताहरुलाई रकम नवुझाउन भनेको छ । आयोजनाका लागी जम्मा लागतको पाचँ प्रतिशत रकम उपभोक्तावाट चार महिना भित्र संकलन गरीसके आयोजनाको सम्झौता हुने बताइएको छ । माओवादीले वर्तमान खानेपानी समितिलाई आफ्नो समर्थन नभएकाले समिति अवैधानिक भएको आरोप लगाउदै समितिको निर्णय पुस्तिकामा माओवादीका जिल्ला सदस्य सागर सुवेदीले पार्टीले खानेपानी समितिलाई वैधता प्रदान नगरेको उल्लेख गर्नुभएको छ ।
   माओवादीले वर्तमान खानेपानी समिति विघटन नभएसम्म शानाशहरी खानेपानी आयोजना साचालन हुन नसक्ने बताएको छ । ुआयोजनाको वाधक समिति हो समिति विघटन गरी सहमतिका आधारमा नयाँ समिति गठन नगर्दासम्म आयोजना संचालन हुन सक्दैन पार्टीको धारणा यहीँ छु माओवादी चैलाही गाविस ईाचार्ज माधव घिमिरेले भन्नुभयो । पुस्तिकामा माओवादीले समितिलाई वैधता नदिएको र सहयोग पनि नरहने भन्ने छ समितिका अध्यक्ष विमवहादुर केसीले भन्नुभयो । यहाँ साचालीत पुरानो खानेपानि आयोजनाको आयु सकिएको लामो समय विति सकेको छ । जसका कारण लमही का ६ हजार बढी उपभोक्ता पानी पिउन बाट विाचत हुनुपरेको छ । लमही खानेपानी तथा सरसफाई उपभोक्ता समितिले संचालन गर्दै आएको खानेपानीको मोटर बिगि्रएपछि खानेपानीको समस्या उत्पन्न भएको हो । नयाँ मोटर जडान नगर्दासम्म खानेपानी पुर् याउन नसकिने स्थिति रहेको छ । कुनै त्यस्तो प्राविधिक कठिनाई नआए एक दुई दिनभित्रमा पानी वितरण हुन्छु समितिका अध्यक्ष विमबहादुर केसीले भन्नुभयो । लमहीमा २०५२ सालदेखी साचालनमा आएको खानेपानी आयोजनाको अवस्था र क्षमता कम भएकाले समय समयमा खानेपानीको समस्या झेल्नु पर्ने वाध्यता छ भने नयाँ आयोजना संचालनमा देखीएको अन्यौलताले गर्दा उपभोक्तमा निरासा छाएको छ । भौतिक संरचना जिर्ण भएकाले वितरण गर्ने पनि मध्य आधा पानि जुहावट हुने गरेको छ । पाएप भल्व पानि टंकि मोटर सवै पुराना भैसकेका छन । पानिको क्षमता धान्न नसक्ने अवस्थामा पुगेको छ । खानेपानिको आवश्यक्ता कस्लाई पर्दैन जसरी हुँन्छ आयोजना संचालन गरेर अहीले भोग्नु परेको समस्याको अन्त्य गर्नुपर्छ उपभोक्ता रॆश्मिराज कंगालीले भन्नु भयो ।
लमहीमा सानाशहरी खानेपानि आयोजना संचालनमा माओवादी वाहेक अन्य राजनैतिक एमाले नेपाली काङग्रेस राजमो मधेसी जनअधिकार फोरम थरुहट लगाएतले सहमति जनाएका छन । माओवादीले निर्वाचन वाट निर्माण भएको समितिलाई अवैधानिक भएको भन्नु लोकतन्त्रलाई स्विकार्न नसक्नु र अराजकता देखाउनु भएको राजमोका जिल्ला सचिव रेशम विसीले वताउनु भयो । राजनैतिक विरोधक कारण कुनैपनि आयोजना रोकिन नसक्ने धारणा उहाँको छ । वैधानिक तवरवाट गठन भएको समितिमा माओवादीलाई कसरी अवैधानि तरीकावाट राख्न सकिन्छ यो कुरा पनि उसले वुझन जरुरी छ उहाँले भन्नुभयो ।
नेकपा एमालेका राष्टिूय परिषद सदस्य रेवतीरमण शर्माले खानेपनीको चुनवा हारेका माओवादीलाई समितिमा सामेल गराउन नसकिने र उनीहरुकै कारणले आयोजना नरोकिने वताउनु भयो । पार्टिले सामाजिक संघ संस्थालाई वैधता दिने नदिने कुरा कही सुनिएको छ यहाँ यस्तो अराजकतावादी खेल खेलीदै छ उहाँले भन्नु भयो । उपभोक्ताको साथ लिएर आयोजना सम्पन्न गर्नुपर्ने धारण उहाँको छ ।
देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष लिलाराम खनालले आयोजनाका लागि राजनैतिक सहमति जुटाएर अघि वढ्नुपर्ने वताउनु भयो । दलहरुका विचमा राजनैतिक सहमति गरेर आयोजनालाई सम्पन्न गर्नजरुरी छ उहाँले भन्नु भयो ।

सशस्त्र प्रहरीको विशेष अभियान संचालन
तुलसीराम सुवेदी

दाङ जिल्लामा पछिल्लो समयमा हत्या िहंसा चन्दा आतंक ज्यान मार्ने धम्कीलगायतका कृयाकलाप वढ्दै गएपछि सशस्त्र प्रहरीले बिशेष अभियान संचालन गरेको छ । विशेष गरी दाङ्गको पश्चिम क्षेत्रमा गैरकानुनी र अबैधानिक कृयाकलाप बढ्दै गएपछि यसलाई रोक्नका लागि सशस्त्र प्रहरीले विशेष अभियान शुरु गरेको हो । तुलसीपुर क्षेत्रमा भुमीगत संगठनको नाममा सर्बसाधारणलाई धम्क्याउने कार्य बढ्दै गएको गुनासो आएपछि त्यसको नियन्त्रनका लागि सशस्त्रले पोशाक र शिभिलमा समेत प्रहरी परिचालन गरेको छ ।
        भुमीगत संगठनका नाममा चन्दा आतंक बम बिष्फोट  ज्यानमार्ने धम्कीलगायतका गैरकानुनी कार्य बढेको गुनासो सर्बसाधारणले गरेकाले त्यो नियन्त्रनकालागि सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त गस्ती शुरु भएको सशस्त्र प्रहरीका एसएसपी मन्दिप श्रेष्ठले बताउनुभयो । ुघोराहीमा पनि त्यस्तो गस्ती शुरु भएको छ तर हाम्रो मुख्य केन्द्र बिन्दु तुलसीपुर र पश्चिम क्षेत्र होु शसस्त्र प्रहरीका एसएसपी श्रेष्ठले भन्नुभयो । तुलसीपुरको विभिन्न स्थानमा गत आइतबार देखी यातायातका साधनहरुमाथि पनि निगरानीका साथ कडा चेकजाँच बढाइएको छ । तुलसीपुर क्षेत्रमा अबैधरुपमा करछलि ल्याइएका मोटरसाइकल र जीपहरु भेटीएकाले त्यस्ता साधन प्रायजसो अपराधीक कार्यमा प्रयोग गरिने संभाबना हुँदा नियन्त्रन गर्न चेकजाँच थालिएको उहाँले बताउनुभयो । ुतुलसीपुर क्षेत्रमा आधा दर्जनबढी त्यस्ता अबैधानिक जीप फेला पारेका थियौ  र अझै पनि धेरै होलान तर अहिले लुकाएर राखिएको सूचना हामीलाइ मिलेको छु एसपी श्रेष्ठले थप्नुभयो ुतर हामी ती गाडी निकाली छाड्छौ ।
        कतिपय गाडीहरु पश्चिम दाङ र सल्यानतिर लगिएको प्रहरीको भनाइ छ । तुलसीपुर क्षेत्रमा सशस्त्र प्रहरीले निगरानी बढाएपछि यस क्षेत्रमा गैरकानुनी गतिविधि नियन्त्रमा आउने अपेक्षा गरिएको छ । सशस्त्र प्रहरीको सकृयता देखेर सर्बसाधाणपनि खुशी भएका छन् ।  यसैवीच तुलसीपुर नगरपालिका वडा नम्बर ११ बुटनीयाको जंगलमा लुकाइ राखेको अवस्थामा विहीवार बिहान एउटा अबैध महेन्द्रा जीप फेला परेको छ । जीप नयाँ रहेको र त्यसलाई ढिस्कोबाट खसालेको अबस्थामा खाल्डोमा फेला पारिएको हो । सो जीपको ना १ ज १३३१ नम्बर रहेको छ । त्यसतै बिहान तुलसीपुरको बाहीनी चौकबाट थप २ वटा चोरीका मोटर साइकलपनि नियन्त्रमा लिइएको छ । केही दिन पहिले पनि  सशस्त्र प्रहरीले तुलसीपुर क्षेत्रबाट  ८ वटा अबैधानिक जीप र ७ वटा मोटरसाइकल नियन्त्रमा लिएको थियो ।

दलहरु आ-आफ्नै अडानमा, सहमतिमा बाधा, संविधान नबन्ने संकेत

काठमाडौ, - कांग्रेस र एमालेले शान्ति प्रकृया, संविधान निर्माण र राष्ट्रिय सहमतिको सरकार निर्माणलाई प्याकेजमै हल गर्नुपर्ने भन्दै माओवादीलाई सहमतिमा आउन आग्रह गरेका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा शुक्रबार विहान बसेको ति दुई दलको बैठकले तीन बुँदे सहमतिलाई अक्षरस पालना गर्नुपर्नेमा कांग्रेसले सम्बद्ध पक्षको ध्यानाकर्षण गराएको थियो ।

सहमति कार्यान्वयन सम्बन्धमा भएको प्रगति र माओवादीको असन्तुष्टिबारे पनि बैठकमा छलफल भएको कांग्रेस प्रवक्ता अर्जुननरसिंह केसीले जानकारी दिए । माओवादीले गर्ने आन्दोलनबारे पनि छलफल भएको उनले जानकारी दिए । माओवादीलाई आन्दोलन गर्ने छुट भएपनि त्यसले सहमति कार्यान्वयनमा बाधा उत्पन्न भए त्यसको परिणामको दोषी माओवादी हुनुपर्ने केसीले बताए ।

कांग्रेस र एमालेले तीन बुँदे सहमतिको मर्म र भावनामाथि कुठाराघात गरेको आरोप लगाउदै माओवादीले सरकार विरुद्ध आन्दोलन गर्ने निष्कर्ष निकालेको भोलिपल्ट ति दुई दलले माओवादीले सम्झौता पालना नगरेसम्म प्रधानमन्त्रीले राजीनामा नदिने अडान दोहोर्‍याएका हुन् । तीन बुँदे सहमति अनुसार माओवादीले संविधान निर्माण, लडाकु समायोजन, वाईसीएलको अर्द्ध सैनिक संरचना भंग, कब्जा सम्पत्ती फिर्ता लगायतका बिषयमा समयसीमा सहितको स्पष्ट कार्ययोजना ल्याएपछिमात्रै प्रधानमन्त्रीले राजीनामा दिने कांग्रेस र एमालेले अडान राख्दै आएका छन् ।

मा‌ओवादीले घात गर्‍यो : कांग्रेस-एमाले

प्रमुख सत्तारुढ दल कांग्रेस-एमालेले जेठ १४ गते मध्यराति भएको सहमतिप्रति घात गर्दै माओवादीले एकपक्षीय रुपमा आन्दोलनको घोषणा गरेको आरोप लगाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको दुई दलका मुख्य नेताहरुको बैठकले सहमतिको बाटो छाडेर माओवादीले बेइमानी गरेको आरोप लगाए।

सहमतिका लागि माओवादीले प्रधानमन्त्रीको राजीनामा पहिलो शर्तको रुपमा उठाएको थियो। कांग्रेस-एमालेले १४ जेठमा भएका तीन बुँदामध्ये सेना समायोजनको बुँदा कार्यान्वयनको स्पष्ट मार्गचित्र आएपछि मात्र प्रधानमन्त्रीले राजीनामा दिने अडान राखेका थिए।

सहमतिको मर्ममाथि कुठाराघात: माओवादी

काठमाडौं, २१ जेठ । एकीकृत नेकपा माओवादीले सहमतिअनुसार प्रधानमन्त्रीले राजीनामा नदिएर नेपाली कांग्रेस र नेकपा एमालेबाट जेठ १४ मा भएको तीनबुदे सहमतिको मर्म र भावनामाथि गम्भीर कुठाराघात भएको निष्कर्षनिकालेको छ । माओवादी स्थायी समितिको बिहीवार बसेको बैठकले सो निष्कर्षनिकालेको हो । 'सहमतिको अभावमा अवरुद्ध संविधान र शान्ति निर्माण प्रक्रियालाई सहमतिका आधारमा अगाडि बढाउने नया समझदारीको आरम्भ बिन्दु मानिएको यही जेठ १४ गतेको तीनबुदे सहमतिको मर्म र भावनामाथि कांग्रेस र एमालेबाट गम्भीर कुठराघात भएको छ'- बैठकपछि अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'द्वारा जारी विज्ञप्तिमा भनिएको छ ।'

तीनबुदे सहमतिको 'अपव्याख्या गरेर जनताको अपेक्षामाथि प्रहार गर्दै' अन्ततः कांग्रेस र एमालेले सहमतिका लागि पाच दिनभित्र प्रधानमन्त्रीले राजीनामा दिने अलिखित समझदारीलाई तोडेको आरोप पनि विज्ञप्तिमा लगाइएको छ । सहमतिअनुसार प्रधानमन्त्रीले राजीनामा नदिनुलाई माओवादीले 'राजनीतिक बेइमानी र अनैतिकताको अर्को नग्नता' भनेर टिप्पणी गरेको छ । यस सर्न्दर्भको आधारभूत र प्रमुख प्रश्न प्रधानमन्त्रीको राजीनामा नभएर वस्तुतः सहमतिका आधारमा शान्ति र संविधान निर्माणमा अगाडि बढ्ने वा नबढ्ने भन्ने नै हो'- अध्यक्ष प्रचण्डको विज्ञप्तिमा भनिएको छ- 'हाम्रो पार्टर्ीी गतवर्षेखि नेका र एमालेको रवैयालाई सहमति, शान्ति र संविधानविरोधी रवैयाका रुपमा गर्दै आएको आलोचनालाई तीनबुदे सहमतिको उल्लंघनले थप पुष्टि गरेको छ ।'

नेपाली जनताले निर्वाचनमार्फ् सबैभन्दा ठूलो दलको रुपमा संविधानसभामा पठाएको आफ्नो पार्टर्ीीई अलग्याउन खोजिएको भन्दै विज्ञप्तिमा भनिएको छ- 'यसबाट शान्ति, संविधान र परिवर्तनविरोधी चालबाजीबाहेक अरु केही नभएको तथ्य पनि झन् र्छलङ्ग भएको छ ।'यो सरकारले 'हत्या, आतंक, अपहरण, दण्डहीनता र अराजकताका बेलगाम श्रृंखला एवं महङ्गी र भ्रष्टाचारको नया कर्ीर्तिमान कायम गरेको' आरोप लगाउदै विज्ञप्तिमा जनआन्दोलनका अपराधीलाई समेत विभूषित गरेर सरकारले प्रतिगामी दिशा समातेको उल्लेख छ ।

सरकारविरुद्ध असहयोग आन्दोलन

वर्तमान सरकारले सहमति र परिवर्तनविरुद्ध प्रतिगमन र यथास्थितिकै पक्षपोषण गर्ने गतिविधि गरिरहेको भन्दै माओवादीले सरकारविरुद्ध असहयोग आन्दोलन गर्ने घोषणा समेत गरेको छ । अर्को स्थायी समितिको बैठकले असहयोग आन्दोलनका कार्यक्रम घोषणा गर्ने माओवादीले जनाएको छ । बिहीवारको स्थायी समिति बैठकले जनताको शान्ति र परिवर्तनको आकांक्षा एवं शहीदको सपनाप्रति पर्ूण्ा प्रतिबद्धतासहित सहमतिका आधारमा शान्ति र संविधान सुनिश्चित गर्ने आफ्नो आन्दोलनलाई निरन्तर अगाडि बढाउने दृढता प्रकट गरेको छ ।

संसद बैठक बहिष्कार

यसैबीच माओवादीले बिहीवार व्यवस्थापिका-संसदको बैठक बहिष्कार गरेको छ । यही जेठ १४ गते संविधानसभाको म्याद थप्नेक्रममा प्रमुख तीन राजनीतिक दलबीच भएको सहमतिअनुसार प्रधानमन्त्रीले राजीनामा नदिएकोमा बिरोध गर्दै माओवादीले बहिष्कार गरेको हो । माओवादी सभासद् देव गुरुङले प्रधानमन्त्रीले राजीनामा दिएर राष्ट्रिय सहमतिको बाटो खुला गर्ने शर्तमा संविधानसभाको अवधि बढाउन आफ्नो दल राजी भएको तर प्रधानमन्त्रीले राजीनामा नदिई छलपर्ूण्ा व्यवहार गरेकालेे अबको सहमतिको यात्रा गम्भीर बनेको बताउनुभयो ।

 माओवादीबाट सहमति उल्लंघन: एमाले

काठमाडौ,
एमाले स्थायी कमिटीले संविधानसभाको कार्यकाल विस्तार गनुअघि तीन दलबीच भएको समझदारी माओवादीबाट उल्लंघन भएको निस्कर्ष निकालेको छ ।
पार्टी स्थायी कमिटीको मंगलबार भएको बैठकले शान्ति प्रक्रियाका विषयमा हुने सहमति र राष्ट्रिय सरकार गठन प्रक्रियाको सुरुवात सँगसँगै हुनुपर्नेमा जोड दिएको हो ।
बैठकमा अध्यक्ष झलनाथ खनाल र स्थायी कमिटी सदस्य केपी ओलीले तीन दलबीच तीनबुँदे सहमति निर्माणको प्रक्रियाबारे जानकारी गराएका थिए ।
स्रोतका अनुसार अध्यक्ष खनालले शान्ति र संविधान निर्माणसहितको राष्ट्रिय सहमतिको सरकार अहिलेको आवश्यकता भएको बताए भने ओलीले प्रधानमन्त्रीलाई २४ घन्टामा राजीनामा गर्न माओवादीले दिएको अल्टिमेटम सहमतिविपरीत भएको बताए ।
ओलीले सहमतिबारे माओवादीले अपव्याख्या गरी प्रधानमन्त्रीको राजीनामालाई सर्त बनाएको टिप्पणी गरे । ‘शान्ति प्रक्रियाका विषयमा दुई दिनमै सहमतिमा पुग्न सकिन्छ भन्ने पुष्पकमल दाहालको प्रस्ताव थियो,’ ओलीलाई उद्धृत गर्दै बैठक स्रोतले भन्यो, ‘दुई दिनमा सकिँदैन पाँच दिनमा गरौं भन्ने कुरा भएको हो । शान्ति प्रक्रियाका विषयमा सहमति नभई राजीनामा गर्ने कुरा भएको होइन ।’ उनले सहमतिको एक र तीन नम्बर बुँदा अन्तरसम्बन्धित भएकोमा जोड दिएका थिए ।
बैठकमा महासचिव ईश्वर पोखरेलले माओवादीसँग भएको पछिल्लो वार्ताबारे जानकारी गराएका थिए । ‘संविधासभा विस्तारपछि बसेको तीन दलको पहिलो बैठकमा शान्ति प्रक्रियासँग सम्बन्धित विषयलाई छिटो टुंग्याउन माओवादी अध्यक्ष दाहाल तयार देखिएका थिए,’ पोखरेलको भनाइ उद्धृत गर्दै बैठकका एक सदस्यले भने, ‘लडाकुको संख्या र मापदण्डबारे ठोस प्रस्तावसहित अर्को बैठक गर्ने सहमतिबाट माओवादी पछि हटेको छ ।’
पछिल्लो पटक माओवादीले प्रधानमन्त्रीले राजीनामा गर्ने समझदारी कांग्रेस-एमालेले उल्लंघन गरेको आरोप लगाउँदै माओवादीले उनीहरूसँग वार्तामा नबस्ने घोषणा गरेको छ ।

गोप्य सहमति भएको छैन: ओली

काठमाडौं- एमाले नेता केपी ओलीले माओवादीसँग कुनै गोप्य सम्झौता नभएको उल्लेख गर्दै प्रधानमन्त्रीको तत्काल राजीनामा आउने सम्भावना नरहेको बताएका छन् ।
तीनदिने ‘स्वास्थ्य उपचार भ्रमण’ सकेर मंगलबार स्वदेश फर्केका नेता ओलीले त्रिभुवन विमानस्थलमा संवाददाताहरूसँग कुराकानी गर्दै शान्ति र संविधानका लागि आवश्यक सहमतिको वातावरण माओवादीले बिथोलिरहेको आरोप लगाए ।
नियमित स्वास्थ्य परीक्षणका क्रममा दिल्ली पुगेका ओलीसँग सत्तारूढ कांग्रेस आई र विपक्षी भारतीय जनता पार्टीका दुई वरिष्ठ नेतासँग संक्षिप्त भेटवार्ता भएको उनी निकट स्रोतले बताएको छ । संवाददाताहरूसँग भने उनले उपचारका लागि मात्र गएको दाबी गरे ।
‘माओवादीसँग तीनबुँदे सहमति भएको हो, त्यो लिखित, हस्ताक्षरित र सार्वर्जनिक भइसकेको छ,’ उनले भने, ‘लिखितचाहिँ केही पनि होइन, मौखिकचाहिँ के-के भएको थियो भनेर समाधानमा पुगिँदैन ।’ उनले लिखित सहमति जे भएको छ त्यसैका आधारमा अघि बढ्नुपर्ने बताए । उनले सहमतिमा प्रधानमन्त्रीको राजीनामा शान्ति प्रक्रियाका विषयमा हुने सहमतिसँग जोडिएर प्रयोग भएको बताए ।
आफू र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच गोप्य सहमति नभएको दाबी गरे । ‘गोप्य भए त बाहिर आउनु नपर्ने, तपाईंले कसरी थाहा पाउनुभयो,’ संवाददाताहरूको एक जिज्ञासमा उनले भने, ‘गोप्य भएको भए त्यो सहमति माओवादीबाटै उल्लंघन भयो ।’
माओवादीले भने पाँच दिन भित्र प्रधानमन्त्रीको राजीनामा आउने मौखित सहमति भएको बताउँदै आएको छ । ‘मौखिक सहमति थाहा छैन,’ ओलीले भने, ‘लिखित कुरा नै प्रमाणित हुन्छ ।’ शान्ति र संविधानका लागि माओवादीसंग तीनबुँदे सहमति गरिएको उल्लेख गर्दै उनले माओवादीकै कारण फेरी अविश्वासको वातावरण बनेको टिप्पणी गरे ।
माओवादीले तीनबुँदे सहमतिको अन्तिम नम्बर -प्रधानमन्त्रीको राजिनामा) बाट र कांग्रेस-एमालेले पहिलो नम्बर -शान्ति प्रक्रियाका विषयमा ठोस कार्ययोजना) कार्यान्वयन गर्नुपर्ने बताउँदै आएका छन् । ‘जुवाको खालमा बस्याजस्तो कुन दाउ हान्ने भन्ने होइन,’ उनले भने, ‘शान्ति प्रक्रिया संविधान निर्माणको काम जुन विन्दुबाट सुरु गर्दा सजिलो हुन्छ, त्यहीबाट काम सुरु गर्नुपर्छ ।’

चन्दा नदिएको भन्दै दुई युवामाथि कुटपीट

नेपालगन्ज, जेष्ठ 

चन्दा नदिएको भन्दै माओवादी कार्यकर्ताले दाङ सतबरीयाका दुई जनालाई कुटपीट गरी गम्भिर घाइते बनाएका छन् । बाटो ढुकेर बसेका माओवादीले सतबरीया-६ का २१ वर्षिय बिनित खड्का र सतबरीया- ८ रिहारका २५ वर्षिय प्रदिप भण्डारीलाई  शुक्रबार राति कुटपीट गरेका हुन् । घाइते दुवै जना कांग्रेस नेता खुमबहादुर खड्काका आफन्त हुन् ।

घाइते खड्काको अवस्था गम्भिर रहेकोले उपचारको लागि कोहलपुरस्थित शिक्षण अस्पतालले काठमाडौं रेफर गरेको छ । भण्डारीको उपचार कोहलपुरमा भइरहेको छ । रिहारवाट मोटरसाइकलमासंगै घर तर्फवाट जाँदै गरेका उनीहरुलाई बाटोमा हतियार सहित बसेका करिब २०/२५ जनाको माओवादी कार्यकर्ताले आफूहरु माथि एक्कासी आक्रमण गरेको घाइतेले बताएका छन् ।

ढुंगा र धारीलो हतियारको प्रहारवाट दुवैजनाको टाउकोमा गम्भिर चोट लागेको छ । काठ ब्यवसायी भण्डारीसँग मोटो रकम चन्दा मागेका माओवादीले त्यति धेरै रकम चन्दा दिन नसक्ने जनाएपछि आक्रमण गरेको भण्डारीले बताए ।भण्डारीसँगै रहेका खड्का विद्यार्थी हुन् । घटनामा संलग्न भएको अभियोगमा प्रहरीले सतबरीया-८ का माओवादी कार्यकर्ता मानसिंह वलीलाई पक्राउ गरेको घाइतेका आफन्तले बताएका छन् । कान्तिपुर