www.raptisandesh.webs.com
राप्ती सन्देश डट वेब्स् डट कम

मध्यपश्चिम को आवाज

NEWS

view:  full / summary

१६ जना नेपाली श्रमिक अलपत्र

Posted by rapti sandesh on July 6, 2010 at 10:04 AM Comments comments (0)

रामचन्द्र नेपाल क्वालालम्पुर । मलेसियाको इपो पेराकमा रहेको लेटेस्टग्लोव कम्पनीमा डेढ महिना अगाडि आएका १६ जना नेपाली अलपत्र अवस्थामा परेकाछन । विभिन्न पाँच वटा मेन पावरवाट आएका उनीहरु कम्पनीले वेवास्था गरेकोकारण अलपत्र परेका हुन । चौध सय रिगेट अर्थात लगभग नेपाली ३३ हजार रुपैयाखर्च गरि चार वटा टेक्सी रिर्जभ गरेर उनीहरु क्वालालम्पुर आई पुगेका हुन।मलेसिया स्थित नेपाली दुतावासको सहयोगमा घर फर्कने तयारी गरिरहेका उनीहरुमध्ये ७ जनाको नेपालवाट फर्कने टिकट आईसकेको बताइएको छ । वाँिक

अन्यनेपाली श्रमिकहरुलाई प्रवासी नेपाली श्रमिक संघले सहयोग गरिरहको संघकाअध्यक्ष अमर ओलीले जानकारी गराउनु भएको छ । ओलीका अनुसार पिडित वाकिनेपालीहरु पनि छिटै घर फर्कने छन । 


मलेसियामा एक नेपालीले नेपाली रेष्टुरेण्ट भित्रै झुण्डीएर आत्महत्या

क्वालालम्पुर ।पाहाङ राज्यको मेनत्ताकाप स्थित एक नेपाली रेष्टुरेण्टमा जुलाई एक तारिखकादिन स्याङजा घर भएका विशाल मगरले झुण्डीएर आत्महत्या गरेका छन् । पाहाङकोमेन्ताकापस्थित नेपाली रेष्टुरेण्टमा विहान अन्दाजी तीन बजे झुण्डीएर उनलेआतमहत्या गरेका हुन । अवैधानिक रुपमारहेका मगर जोहोरबरुबाट १२ दिन अगाडिमात्र सो ठाउामा पुगेका हुन । सो रेष्टुरेण्टका संचालकहरु फरार रहेको कारणसम्पूर्ण विवरण थाहा हुन सकेको छैन । सोही रेष्टुरेण्टमा काम गर्ने गोपालचापागाईको अनुसार चिहाएर हेर्दा मक्लरले झुण्डीए आत्माहत्या गरेको बताएकाछन् ।


 


फेसबुकको सिकार हुनुभएको त छैन ?

Posted by rapti sandesh on July 4, 2010 at 4:08 AM Comments comments (0)

काठमाडौँ, असार १९  । नेपाली समाजमा इन्टरनेटको प्रयोगसँगै सामाजिक सञ्जालहरूको प्रयोग उल्लेख्य रूपमा बढ्दो छ ।

सामाजिक सञ्जाल फेस बुकमा अर्काको एकाउन्ट खोलिदिने(इम्पोस्टर फेसबुक;), नेताहरूको अश्लील कार्टुन तथा तस्बिरहरू सार्वजनिकगर्नेजस्ता कार्य बढ्दो क्रममा रहेको पाइएको छ ।

विश्वमा करिब ४० लाख प्रयोगकर्ता रहेको सामाजिक सञ्जालफेसबुक अहिले नेपाली समाजमा पनि निकै लोकपि्रय छ । युवा, नेता,साहित्यकार, प्रोफेसर, कलाकर्मी, सञ्चारकर्मीसमेतको रोजाइ भएको छ सामाजिकसञ्जाल फेसबुक । फेसबुक अहिले युवामाझ साथीभाइसँग आफूलाई लागेका कुरा,तस्बिर तथा विचार साट्ने चौतारी नै बन्न पुगेको छ भने अर्कातर्फ यसमार्फतसमाजका विशिष्ट व्यक्तिहरूको प्रतिष्ठामै आँच पुग्ने खालका कार्यहरूभइरहेका छन् ।

विशिष्ट व्यक्तिहरूको विवरण तथा तस्बिरहरू प्रयोग गरेरइम्पोस्टर फेसबुक एकाउन्ट बनाउने प्रवृत्ति बढेर गएको छ । यसको सिकारप्रधानमन्त्री माधवकुमार नेपालसमेत हुनुभएको छ । उहाँका नाममा एकदर्जनभन्दा बढी इम्पोस्टर फेसबुक प्रोफाइल रहेका छन् । साथै फेसबुकमार्फतउहाँलगायतका विशिष्ट व्यक्तिहरूको अश्लील तस्बिर तथा कार्टुन यत्रतत्रपाइने गरेका छन् ।

फेसबुक इम्पोस्टरको अर्का सिकार हुनुभएको छ, वरिष्ठहास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य । उहाँहरूको व्यक्तिगतफेसबुक प्रोफाइलहरू तीन/चारवटा र संयुक्त रूपमा मह जोडीका नाममा समेतथुप्रै फेसबुक एकाउन्ट रहेका छन् ।

वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ आˆनो नाममा फेसबुकएकाउन्ट खोलिएको विभिन्न सञ्चारमाध्यमबाट मात्र थाहा पाएको बताउँदै आˆनोनाममा खोलिएको फेसबुक इन्टरनेटमा अहिलेसम्म आफूले नहेरेको बताउनुभयो ।चिनेका हिसाबले कसैले आˆनो नाममा एकाउन्ट खोलेको घटना हल्का रूपमा लिएकोबताउने श्रेष्ठ अहिलेसम्म आˆना बारेमा केही नराम्रो कुरा नलेखिएकालेरोक्नेतिर आफू नलागेको जानकारी दिनुभयो ।

फेसबुकमार्फत व्यक्तिगत आक्षेप, परिवारलाई अप्ठेरोपार्ने तथा अश्लील कुरा सार्वजनिक गर्नेजस्ता कार्य कसैले गर्न नहुनेवरिष्ठ हास्यकलाकार श्रेष्ठ बताउनुहुन्छ । नेता, कलाकार तथा अन्यव्यक्तिलाई सकारात्मक सन्देश दिने खालका तस्बिर तथा सन्देशहरू सामाजिकसञ्जालमार्फत प्रकाशन गर्नु राम्रो हो तर मनगढन्ते किसिमले कुनै व्यक्तिकोचरित्र हत्या गर्ने खालका क्रियाकलापलाई रोक्नुपर्ने धारणा वरिष्ठहास्यकलाकार श्रेष्ठको रहेको छ ।

काठमाडौँ विश्वविद्यालयमा कम्प्युटर इन्जिनियरिङकाविद्यार्थीले केही महिनाअघि संविधानसभाका सभासद गगन थापाको नाममा फेसबुकप्रोफाइलमार्फत जे मन लाग्यो त्यही लेख्न थालेको उजुरीका आधारमा प्रहरीतथा प्रमाणीकरणको कार्यालयको सहयोगमा ती विद्यार्थीलाई नियन्त्रणमा लिइएकोप्रमाणीकरणको कार्यालयका नियन्त्रक राजनराज पन्तले जानकारी दिनुभयो ।

फेसबुकमा नयाँ खाता खोल्न निकै सजिलो भएकाले पनियसप्रकारको प्रवृत्ति वृद्धि भएकोे बताउँदै यी कार्य बढ्दै गए नियन्त्रणगर्न निकै गाह्रो हुने पनि उहाँले बताउनुभयो ।

"यस प्रकारका समस्या देशभित्रबाट नियन्त्रण गरे पनिअन्य देशबाट समेत यी कार्य हुने हुँदा नियन्त्रण गर्न कठिनाइ छ",नियन्त्रक पन्त भन्नुहुन्छ । इम्पोस्टर तथा अश्लील तस्बिर पोस्टगर्नेजस्ता कार्यले समाजमा खलल पुर्‍याएमा सामाजिक सञ्जाल नै बन्द गर्नसकिने नियन्त्रक पन्तले बताउनुभयो ।

साइबर क्राइम शाखा हनुमानढोकाका प्रहरी निरीक्षकचन्द्रसिंह घामीले इम्पोस्टर फेसबुक बनाउने तथा आपत्तिजनक तस्बिरसार्वजनिक रूपमा पोस्ट गर्ने प्रवृत्ति नेपाली समाजमा बढ्दो क्रममा रहेकोपाइएको जनाउनुभयो । इन्टरनेट प्रयोगकर्ताले साइबरमार्फत तथा विदेशबाट समेतयसप्रकारका कार्य गर्ने हुँदा पहिचान गर्न गाह्रो भएको उहाँले बताउनुभयो ।

 


युनिटीका 'मस्ट वान्टेड' पक्राउ

Posted by rapti sandesh on June 7, 2010 at 7:53 AM Comments comments (0)


काठमाडौं, जेठ २४  बैंकिग,बिमा र स्वास्थ्य योजना सञ्चालन गरीचार अर्ब भन्दा बढी ठगी गरेको अभियोगमा फरार रहेका युनिटी लाइफइन्टरन्यासनलका एक सञ्चालक पक्राउ परेका छन्। प्रहरीको मोष्ट वान्टेडसूचीमा रहेका डिर्पाटमेन्टल स्टोर प्रमुख इन्द्र विश्वकर्मा आइतबार पक्राउपरेका हुन्

युनिटी कान्डको अनुशन्धानमा खटिएको ललितपुर प्रहरी परिसरको विशेष टोलीलेआईतबार विश्वकर्मालाई पोखरामा पक्राउ गरेको हो। ललितपुर परिसर प्रमुखविक्रम थापाले विश्वकर्मा पक्राउ परेको पुष्टी गर्दै उनलाई काठमाडौंल्याउने तयारी गरिएको बताए। 

जेठ ४ गते गैर कानुनी रुपमा बैंकिग,वीमा र स्वास्थ्य योजना सञ्चालन गरी ठगी गरेको अभियोगमा गृह मन्त्रालयलेयुनीटीका अध्यक्ष काशीराज गुरुङ (प्रसाद), प्रबन्ध निर्देशक विष्णुबहादुरक्षेत्री, अर्थ निर्देशक भीम गुरुङ, प्रशिक्षण निर्देशक कृष्णबहादुरक्षेत्री, डिर्पाटमेन्टल स्टोर निर्देशक इन्द्र विश्वकर्मा, आइटी निर्देशकनेत्र राजवंशी, महेन्द्र केसी र विश्वनाथ गौतमको नाममा पक्राउ गर्ननिर्देशन दिएको थियो।

प्रहरीले युनिटीको केन्द्रीय कार्यालयवाटअर्थ निर्देशक भीम र आईटी निर्देशक नेत्रलाई पक्राउ गरेपनि विश्वकर्मासहित अन्य सञ्चालकहरु फरार भएका थिए। ठगी अभियोगमा अनुशन्धान प्रकृयाअगाडि बढाउँदै प्रहरीले मध्यमाञ्चल ग्रामिण विकास बैंकका प्रमुख रामदेवयादव, युनिटीका लेखा प्रमुख भीम क्षेत्री र आईटी निर्देशक सुदीप घिमिरेलाईपक्राउ गरिसकेको छ।

राजश्व अनुशन्धान विभाग र प्रहरीले युनिटीप्रधान कार्यालयमा रहेका सामाग्री नियनत्रणमा लिएर अनुसन्धान प्रकृयाअगाडि बढाएपछि युनिटीका प्रमुख पाँच सञ्चालकहरु भने अझै पक्राउ पर्न सकेकाछैनन्। युनिटी स्रोतका अनुसार युनिटीका अध्यक्ष काशी र निर्देशक विष्णुअहिले पनि काठमाडौंका विभिन्न गेष्ट हाउसमा बसेका युनिटीका लिडरहरुसँगनियमित सम्पर्कमा छन्। उनीहरुले सर्वोच्च अदालतले युनिटीको पक्षमा फैसलागर्ने आश्वासन दिँदै लिडरहरुलाई अविर जात्राको तयारी गर्न निर्देशन दिनेगरेका छन्।

स्रोतका अनुसार शुक्रबार काशीले सुन्धारा क्षेत्रमारहेका लिडरहरुलाई फोन गरेर 'ढुक्क हुनु सबै कुरा मिलिसकेको छ' भनेका थिए।युनिटी स्रोतका अनुसार सञ्चालनमा मूख्य आठ जना देखिएपनि सम्पूर्ण आर्थिककारोवार काशी र विष्णुले गर्ने भएकाले उनीहरु पक्राउ नपरेसम्म संकलितरकमको विवरण फेला पर्न सक्दैन। 

काशी र विष्णुकाविश्वासपात्रहरुलाई पक्राउ गर्ने हो भने पनि युनिटीले संकलन गरेको रकमराखिएको स्थान फेला पर्नसक्ने स्रोत बताउँछ। काशी र विष्णुले पाँच जनासहयोगी मार्फत युनिटीको नाममा संकलन भएको रकम ब्यक्तिगत लगानी गर्ने गरेकोस्रोतको दावी छ।

प्रहरीले समेत काशी र तीनका प्रमुख सहयोगी रदोस्रो तहका नेताको नामावली तयार पारेको छ। तर, पक्राउका लागि सक्रियदेखिएको छैन। प्रहरीको सूची अनुसार कशिराज र विष्णुले आर्थिक कारोवारमाभानु कँडेल, श्रीमात्मा श्रेष्ठ, भुपेन्द्र मल्ल र दिपक भट्टराईलाई लगाउनेगरेको छ।

प्रहरीले पक्राउ गर्नुपर्ने युनिटी दोस्रो तहकालिडरहरुको नामावली तयार पारेपनि उनीहरुको खोजी गरेको छैन। टप अचिभररामप्रसाद घिमिरे, प्रेमबहादुर श्रेष्ठ, सुरज यादव, श्रीमात्मा श्रेष्ठ,नारायण तिवारी, लिला गोदार, अशोक श्रेष्ठ, कल्याण पिया, ठाकुर भट्टराई,रुपमकुमार राई, सुरज यादव, विरेन्द्र न्यौपानेको सूची तयार पारेको छ।स्रोतका अनुसार प्रहरीको सूचीमा रहेका अधिकांश युनिटी लिडर काठमाडौमैसक्रिय छन्। स्रोतले भन्यो 'प्रहरी अधिकारीहरुलाई पनि उनीहरुको बारेमाजानकारी छ, तर पक्राउको प्रयास गरेको छैन।'

युनिटीकान्डकोअनुसन्धान गरिरहेका एसपी विक्रम थापा युनिटीसँग आवद्ध ब्यक्तिहरुको खोजीमाप्रहरी सक्रिय रहेको दावी गरे। उनले प्रारम्भमा मुख्य सञ्चालकहरुको खोजीमाप्रहरी सक्रिय रहेको बताए। नागरिक 

 

 

नातिद्वारा हजुरबुवा आमाको हत्या

Posted by rapti sandesh on June 7, 2010 at 7:51 AM Comments comments (0)

लमही, २४ जेठ । गोरुले मकै खाएको विषयमा विवाद हु“दा देउखुरीमा आइतवार एक युवकले आफ्नै कान्छा हजुरबुवा र हजुरआमाको हत्या गरेका छन् । गंगापरस्पुर गाविस-५ कुमालगाउ“का २५ वषर्ीय नरेश कुमाल चौधरीले धारिलो हतियार प्रहार गरी कान्छा हजुरबुवा र हजुरआमाको हत्या गरेका हुन् ।

मृत्यु हुनेमा ५५ वषर्ीय मणिराम चौधरी र उनकी श्रीमती ५० वषर्ीया आ“सु कुमाल चौधरी रहेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । अभियुक्त नरेशले मासु काट्ने दाउ प्रयोग गरी चौधरी दम्पतीको हत्या गरेको प्रहरीले जनाएको छ ।

गोरुले बारीको मकै खाइदिएको विषयमा शनिवार दुइ पक्षबीच विवाद भएको थियो । सोही विवाद चर्केपछि आइतवार बृद्ध दम्पत्तिको हत्या भएको इप्रका गढवाका प्रहरी निरीक्षक इन्द्रबहादुर साहुले जानकारी दिनुभयो । दुबैजनाको घटनास्थलमै ज्यान गएको थियो । अभियुक्त नरेश फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।श्रीमतीको हत्या, श्रीमान्द्वारा आत्महत्याअर्घर्ाा“चीको ठाडा गाविसमा श्रीमान्ले श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरेका छन् । ठाडा गाविस-३ चाक्ला निवासी ५२ वषर्ीय डिलबहादुर सुनारले आफ्नै श्रीमती ४८ वषर्ीया वसन्तीलाई बञ्चरो प्रहार गरी हत्या गरेका थिए । श्रीमतीको हत्या गरेपछि आफू पनि घर नजिकैको जंगलमा गएर झुण्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ ।

 


निर्दोष परिवार विचल्लीमा

Posted by rapti sandesh on May 19, 2010 at 10:40 AM Comments comments (0)

 

निर्दोष परिवार विचल्लीमा क्षतिपूर्ति को माग गर्दै अपिल

 

दाङ जेष्ठ

दाङ जिल्ला को ढिकपुर ४ मा गत माघ मा भयको होम बहादुर चौधरी हत्याकाण्डको विषय लाई लियर अन्य निर्दोष परिवारहरु वस्दै आएको घर जीविकोपार्जनका लागि प्रयोग मा ल्याउने नगद जिन्सी तथा अन्न, भाँडा वार्तन, लत्ता कपडा सहितअन्य सम्पूर्ण सामग्रीहरु ध्वस्त भयपछी उक्त परिवार का अन्य निर्दोष वालबच्चा हरुले सुरक्षा र क्षतिपूर्ति को माग गरिदिन सम्बन्धित सबैमा अपिलगरेका छन् ।

हत्याप्रकरण लाइ लियर घरका अन्य निर्दोष परिवारहरुको विचल्ली र यातना भोग्नेगरेको थाहा हुन आएको छ । घरको कुनै एकजना परिवारले गरेको गल्तीका कारण अन्य निर्दोष पुरै परिवार नै यातना को शिकार भयका छन्। हत्या को खबर सार्वजनिक भय लगत्तै आक्रोषित पिडितपक्ष तथा गाउँलेहरु बाट अन्य निर्दोष परिवार वस्दै आएको घर लगाएत सम्पूर्ण सामग्री हरु माथि तोडफोड र आगजनी गरिध्वस्त गरिएको थियो । अहिले ति घरका अन्य नीर्दोष वालबच्चाहरु को बिचल्लीमात्र होइन गास बास कपास र शिक्षा बाट समेत बन्चित छन्।

अहिलेसम्म ति निर्दोष वालबच्चाहरुको अवस्था कस्तो छ ? भनेर बुझ्ने फुर्सद सम्मछैन यहाँ स्थित कुनै संघ संस्था राजनीतिक दल र पत्रकार हरुलाई अरु त के दण्डहीनता को चर्को आवाज उकेल्ने व्यक्ति संघ संस्था हरुलाई समेत कुनैचासो र वास्ता छैन ति निर्दोष परिवार हरु अहिले न्याय दिलाउने मानव समाजको खोजि गर्दै सडकमा भौतारी रहेका छन्।

तर विडम्बना उनीहरुको जायज कुराहरु सुनिदिने पक्षहरु अहिलेसम्म नहुँदा दण्डहीनता को आवाज उठाउने व्यक्ति संघ संस्था र समुदाय लाइ यी निर्दोषपरिवारहरु माथि गरियको व्यवहारले छर्लंग पारेको छ. ।

अहिले निर्दोष परिवारका पिडित सदस्यहरु डर त्रास ले भयभित छन् ति निर्दोष वालकहरुको शिक्षा को कुरा त टाढा रहेको छ उनिहरुको भविश्य अन्धकार हुने मात्र होइन स्वतन्त्र हिडडुल गर्न पाउने अधिकार बाट पनि वन्चित रहनु पर्ने वाध्यता छ। हामीले पढ्ने त के वाहिर निस्कन र हिडडुल गर्न समेत हामीलाई डर लागिरहेको छ कोठामा खान बस्न पनि समस्या भयको छ पैसा छैन आफन्तहरु ले पनि डर त्रासले कुनै सहयोग गर्न सकेका छैनन् समाजबाट पनि एक अपराधिलाई हेर्ने नजरले हेर्ने गरियको छ । हामीलाई पनि मृतक वालक होम बहादुर लाइ जस्तै मार्ने धम्किका हल्ला हरु सुन्छौं एक जनाको गल्तिले पुरै परिवारको यो हालत भयो हामीलाई त बाँच्न पनि गाह्रो भएको छ परिवार को एकजनाले गल्ति गर्दा हामि निर्दोषहरु ले यो यातना र पिडाहरु भोगिरहेका छौं निर्दोष परिवारका ति पिडित वालक हरुले आँखाबाट आँशु झार्दै भनेका छन् हाम्रो घर लगायत सम्पूर्ण नष्ट गरियको छ गास बास कपास का लागि क्षतिपुर्ती पनि पाएका छैनौ कसैले क्षतिपूर्ति दिलाउने कोशिष गरेका पनि छैनन् यस्तै रहे भोक भोकै प्राण त्याग गर्नु पर्ने अवस्था छ।

 

                                         अपिल

 

सम्माननीय प्रधानमन्त्री ज्यु

नेपाल सरकार प्रधानमन्त्री को कार्यालय सिंहदरवार काठमाडौँ !

तथाजिल्ला प्रशासन कार्यालय दाङ लगायत राजनीतिक दलहरु, मानव अधिकारकर्मी संघ,संस्था,नागरिक समाज, पत्रकार संघ, संस्था, बुद्दिजीवी, व्यबसायी,पेशाकर्मी, लगायत यहा क्रियाशील सबै संघ संस्था तथा न्यायप्रेमी वुवा आमादाजभाइ तथा दिदीबहिनीहरु !

विषय :- क्षतिपूर्ति तथा गास बास कपास उपलव्ध गराई पाउँ भन्ने बारे !

माथिउल्लेखित सम्पूर्ण पक्ष हरु समक्ष यो निबेदन गर्न गैरहेका छौं कि गत माघ/फाल्गुन मा ढिकपुर गा. बि.स.वार्ड नं. ७ का निर्दोष वालक होम बहादुरचौधरी अपहरण पश्चात हत्या भयको कुरा सबैमा सर्वविदितै छ उक्त घटनालाई लिएरआक्रोशित परिवार पक्ष लगाएत अन्य व्यक्तिहरु तथा पक्षहरु बाट निर्दोषरहेका हामि बस्दै आइरहेको हाम्रो घर ,तथा मानव जीविकोपार्जन का लागि उपभोग्य,उपयोगी र प्रयोगमा ल्याइने'वस्तुहरु नगद,जिन्सी,अन्न,लत्ताकपडा,कुवा, रुखवृक्ष,पशुचौपाया,लगाएत सबै साधन श्रोतहरु मा तोडफोडतथा आगजनी गरि ध्वस्त गरि हामी निर्दोष व्यक्तिहरु र परिवार कै ज्यु ज्यानसमेत जोखिम मा पार्ने जस्ता अन्यायपूर्ण कार्य भएको सप्रमाण प्रष्टै छ यदिहत्या गर्ने व्यक्तिले जानी नजानी गल्ति र अपराध गरेको भयपनी त्यसव्यक्तिलाई दण्ड र कारवाही गर्ने पिडित लाइ न्याय दिने काम कर्तव्य सरकार,कानुन र प्रशासन ले हो कुनै व्यक्ति वा समूह ले होइन भन्ने मान्यता छँदाछँदै पनि परिवार का अन्य निर्दोष सदस्यहरु महिला बालबच्चा हरुलाई नै आर्थिक , भौतिक ,सामाजिक,मानसिक र नैतिक जस्ता पिडा र यातना दिने मात्रनभयर गास बास कपास बाट वन्चित हुने गरि र ज्यु ज्यान को समेत असुरक्षा भयको ध्रुव सत्य कुरा घाम जस्तै छर्लंग छ ! निर्दोष वालक को अपहरण पश्चातहत्या हुनु र एक्कासी लाश घर नजिकै को खाडल बाट निकाल्दा हामि निर्दोष परिवार पनि एकदमै मर्माहत र भावविव्हल भयका थियौं र छौँ पनि . झनै त्यसैमाथि पनि हामि र हाम्रो घर परिवार माथि नै केहि समाजका व्यक्तिहरु द्वारागरियको यातना पिडा लगायत अन्य भौतिक संरचना माथि नै गरियको र गराइयको बज्रपात एकदमै अन्याय र अशैह्य छ ! उक्त कार्यले हाम्रो घरबार गास बास कपास नै उजाडियको छ भने हामि निर्दोषहरु को भविष्य अन्धकार हुने निश्चित छ परिवारको कुनै सदस्य ले गल्तिगर्दा अन्य निर्दोष परिवार माथि नै यति ठुलोयातना दिने चलन सायद सँसारको कुनै पनि देश र त्यहाको कानुन मा छैन होला हामीलाई खाना बस्नका लागि समस्या भएको छ घरबार सबै ध्वस्त भै सक्यो अहिलेसम्म निर्दोष बाल बच्चाहरु कहाँ छन् र के खाइ बसेका छन् ? भनेर यहा कसैले सोध्ने सम्म गर्दैनन् त्यसैले हामि निर्दोष परिवार माथि मानबिय नाताले क्षतिपूर्ति दिलाई न्याय गरि सहयोग गरिदिनु हुन सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछौं हामि अहिले यहाँ सदरमुकाम स्थित एक घरको एउटा कोठा भाडामा लियर बसेका भय पनि हामी संग भाडा तिर्ने आर्थिक रकम छैन खाना लाइ केहिकुरा छैन लत्ता कपडा पनि छैन भयाजती सबै ध्वस्त गर्दिसके हामि निर्दोष परिवारलाई पनि अपराधी लाइ जस्तो हेर्ने नजरले हेर्ने गर्छन हाम्रो के दोषथियो ? र हामि माथि यत्रो ठुलो अन्याय गरियको छ ? के परिवार को कुनै एक सदस्य ले अपराध गर्दा सबै परिवार लाइ अपराधिको नजर ले हेर्न मिल्छ ? र निर्दोष हरुको जीवन नै बर्बाद गर्न मिल्छ ? यदि हामि निर्दोष परिवारलाई यातना दियर अपराधहरु निर्मुल हुन्छ र मृतक वालक र उनका परिवारको आत्मा सन्तुष्टि हुन्छ ! तमाम् पिडित हरु लाइ न्याय मिल्छ भने हामी देहत्याग गर्न तयार छौं !!!

 

 

सुरक्षाको माग गर्दै र्सवपक्षीय भेल

Posted by rapti sandesh on May 19, 2010 at 10:38 AM Comments comments (0)

सागर खनाल नारायणपुर, ४ जेठ ।

नारायणपुर क्षेत्रका उद्योगी व्यापारीहरुमाथि सांघातिक आक्रमण हुन थालेपछि मंगलवार र्सवपक्षीय भेला गरिएको छ । इलाका प्रहरी कार्यालय नारायणपुरको आयोजनामा भएको भेलामा उद्योगी, व्यापारीहरुले सहजढंगले काम गरी खाने वातावरण बनाउन प्रहरी प्रशासनस“ग माग गरेका थिए । उनीहरुले शान्ति, सुरक्षा प्रमुख हुने बताउ“दै शान्ति स्थापनाको लागि सबै आफ्नो क्षेत्रमा इमानदारिताका साथ खट्नुपर्ने आवश्यकता औंल्याएका थिए ।

इप्रका नारायणपुरका र्सइ बलबहादुर बा“ठा मगरको अध्यक्ष्ँता एवं नारायणपुर उवासंघका अध्यक्ष प्रकाशकुमार न्यौपानेको प्रमुख आतिथ्यमा भएको भेलाले २०६६ फागुनदेखि २०६७ असोजसम्म दिउ“सो ४ बजेेदेखि सा“झ ८ बजेसम्म र कार्तिकदेखि माघसम्म ३ देखि ७ बजेसम्म मदिराजन्य पदार्थको विक्री वितरण गर्न दिने र त्यसपछि रोक लगाउने निर्ण्र्ाागरेको छ । त्यस्तै वनगाउ“ले कुलोदेखि पश्चिम र गाविस भवनदेखि पर्ूवतिरको बजार क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गर्ने र बजार एरियाभित्र पशु चौपाया छाडा गरी गाडी वा अन्य केहीले लागेर मृत्यु भएमा वा घाइते भएमा क्षतिपर्ूर्ति नपाउने निर्ण्र्ाागरेको छ ।

कार्यक्रममा माओवादीका माधव पाण्डे, कांग्रेसका जुद्धबहादुर डा“गी, एमालेका मतकुमार पौडेल, राजमोका गोविन्द न्यौपाने, मालेका यज्ञप्रसाद गौतम, व्यापारी प्रेमप्रकाश पोख्रेल र नीमकान्त अधिकारीले बोल्नुभएको थियो ।

आक्रमणको भर्त्सना

  नारायणपुर उद्योग वाणिज्य संघका साधारण सदस्य युवराज पोख्रेलमाथि जेठ २ गते सा“झ अज्ञात समूहले सांघातिक आक्रमण गरेकोप्रति दाङ उद्योग वाणिज्य संघले भर्त्सना गरेको छ ।

संघका अध्यक्ष चन्द्रराज पन्तले विज्ञप्ति जारी गरी घटनाका दोषीलाई अविलम्ब पक्राउ गरी कानूनबमोजिम कारवाही गर्न र व्यापारीको जनधनको सुरक्षा गर्न स्थानीय प्रहरी प्रशासनको ध्यानाकर्षा गराउनुभएको छ । विज्ञप्तिमा जिल्लाका विभिन्न स्थानमा अज्ञात समूहले व्यवसायीलाई त्रसित बनाएको घटनाप्रति खेद प्रकट गरिएको छ ।


 

मदन-आश्रति स्मृति दिवस मनाइयो

Posted by rapti sandesh on May 18, 2010 at 4:35 AM Comments comments (0)

 रास समाचारदाता काठमाडौं, ४ जेठ ।

 

नेकपा एमालेले सोमवार देशभरि सत्रौं मदन-आश्रति स्मृति दिवस मनाएको छ । एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रतिको २०५० जेठ ३ गते चितवनको दासढुंगामा दर्ुघटनामा परेर रहस्यमय तरीकाले निधन भएको थियो । सो दिनको सम्झनामा एमालेले प्रत्येक वर्षो जेठ ३ गते मदन-आश्रति स्मृति दिवस मनाउदै आएको छ ।

सोही क्रममा सोमवार एमालेले केन्द्रीय कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष झलनाथ खनालले संविधानसभाभन्दा बाहिरबाट नया“ संविधान बनाउने कुरा सोच्नसमेत नसकिने बताउनुभयो । संविधानसभाको म्याद बढाएर नया“ संविधान जारी गर्नुपर्नेमा उहा“ले जोड दिनुभयो ।

यसैगरी दाङमा १७ औं मदन-आश्रति स्मृति दिवस मनाइएको छ । एमाले नारायणपुर गाउ“ कमिटीको आयोजनामा भएको स्मृतिसभामा जिल्ला कमिटी सदस्य हिरा पुन, गाउ“ पार्टर्ीीध्यक्ष मतकुमार पौडेल, सचिव खुशीराम चौधरी, झुपबहादुर सुनार, सुुरेश आचार्य, वीरेन्द्र आचार्य, गंगाराम आचार्य, डिल्ली र्घर्ती र तोर्ण्र्ााादुर खत्रीले बोल्नुभएको थियो । यसैगरी एमाले पवननगर गाउ“ पार्टर्ीीमिटीद्वारा आयोजित कार्यक्रममा विभिन्न वक्ताहरुले बहुदलीय जनवाद र मदन-आश्रतिको व्यक्तित्वबारे चर्चा गरेका थिए । गाउ“ पार्टर्ीीध्यक्ष मोहन डा“गीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले क्षेत्र नं. ५ का सचिव भीमबहादुर योगी, पवननगर युवा संघका अध्यक्ष नवराज भण्डारी, शालिकराम विक, शंकर डा“गी, शालिकराम चौधरीलगायतले बोल्नुभएको थियो ।

यसैगरी एमाले मानपुर गाउ“ पार्टर्ीीे आयोजनामा स्मृतिसभा सम्पन्न भएको छ । उत्तरकुमार न्यौपानेको अध्यक्षता एवं जिल्ला कमिटी सदस्य भोजराज वलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा क्षेत्र नंं. ४ का उपाध्यक्ष डिला डा“गी, क्षेत्रीय सचिव अमर खड्का, ज्ञानुमाया रावत, रुद्रबहादुर वस्नेत, सुशीला बुढाथोकी र जनक वलीले बोल्नुभएको थियो । यसैगरी मदन-आश्रति स्मृति प्रतिष्ठान सल्यानको आयोजनामा सम्पन्न कार्यक्रममा एमाले सल्यानका सदस्य कविकुमार चन्द, गिर्दल बोहरा, युवा संघका अध्यक्ष जयराम सिंह, अनेरास्ववियुका अध्यक्ष दीपककुमार शर्मालगायतले बोल्नुभएको थियो । प्रतिष्ठानका का.वा. अध्यक्ष दामोदर शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव गणेश शर्माले गर्नुभएको थियो ।

मलेसियामा पनि मदन आश्रित स्मृति सभा सम्पन्न

यसै गरि विदेश मा रहेका नेपाली हरुले पनि विभिन्न कार्यक्रम को आयोजना गरि मदन आश्रित स्मृति दिवस मनायका छन् हामीलाई प्राप्त खबर अनुसार प्रवासी नेपाली मजदुर संघ मलेसिया ले मदन आश्रित स्मृति सभा सम्पन्न गर्यो अमर ओली श्रमजीवी को अध्यक्षता र दुर्गा शाही को आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा क.मदन भण्डारी र जीवराज आश्रित लगायत ज्ञात अज्ञात शहिदहरु प्रति भावपूर्ण श्रद्दान्जली अर्पण गरियको थियो सभामा उपस्थित वक्ताहरुले मदन भण्डारी र जीवराज आश्रितले नेपाली कम्युनिष्ट इतिहास लाइ दियको योगदान को बारेमा चर्चा गरियको थियो अध्यक्ष को आसनबाट बोल्दै अमर ओली श्रमजीवी ले मदन भण्डारी नेपाली आकाश र नेपाली कम्युनिष्ट इतिहासका कहिल्यै नमेटिने तारा भयको बताउनु भयको थियो भने वोल्ने वक्ता हरुमा दुर्गा शाही, कमल पौडेल, बिर विक्रम सुनार, तोमनन्द खत्री, टेक बहादुर खड्का लगायत हुनु हुन्थ्यो

घाँटी रेटेर युवतीको हत्या

सल्यान, जेष्ठ ४ - सल्यानको पूर्वी क्षेत्रमा पर्ने रिम ४ जामुनेमा २२ बर्षीया युबतीको धारीलो हतियारले घाँटी रेटेर हत्या गरिएको छ । जंगलमा घास काट्न गएको बेला कमला शाहु नाम गरेकी युबतीको मंगलबार बिहान ७ बजे हत्या गरिएको हो ।

हत्याराले उनलाई जंगलमै छाडेर भागेका थिए । घर र्फकन ढिला गरेपछि खोजबीन गर्दा उनि मृत अबस्थामा भेटिएकी स्थानियबासिहरुले बताए । हत्याको आरोपमा स्थानीयबासीले कुपिण्डे गाबिसको जयतपानी घर भएका पूर्ण बहादुर यरिलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय कपुरकोटमा बुझाएका छन ।

प्रहरीले भने घटनाको छानबीन भइरहेको जनाएको छ ।

अर्को दैनिक पत्रीका प्रकाशन को तयारीमा

Posted by rapti sandesh on April 18, 2010 at 8:44 AM Comments comments (0)

दाङ  बैशाख :

जिल्लाबाट 'राप्ती पोष्ट' नामक अर्को दैनिक पत्रिका प्रकाशनहुने भएको छ । जिल्ला प्रशासन कार्यालय दाङमा दर्ता भएको पत्रिकाको दर्तानम्वर ४१ रहेको छ । पत्रिकाका सम्पादक/प्रकाशकमा पत्रकार शरद अधिकारीरहेका छन् ।

विगत१३ वर्षेखि पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकार अधिकारी यसअघि दाङजिल्लाबाट प्रकाशित गणतन्त्र दैनिकका सम्पादकको भूमिकामा रहेका थिए ।साफ्मा नेपालका केन्द्रीय सदस्य एवं प्रेस चौतारी नेपालका पर्ूवकेन्द्रीयउपाध्यक्षका रुपमा रही काम गरिसकेका पत्रकार अधिकारीले निकट भविष्यमैपत्रिका प्रकाशन गरिने जानकारी दिएका छन् । अधिकारीका अनुसार 'राप्तीपोष्ट' दैनिकले स्थानीय विषयवस्तु र भ्रष्टाचारमुक्त समाज निर्माणकोकुरालाई प्राथमिकता दिनेछ ।

दाङ जिल्लामा हाल चारवटा दैनिक पत्रिका प्रकाशित भइरहेका छन् । जसमासदरमुकाम घोराहीबाट नयाँ युगबोध दैनिक, गोरक्ष दैनिक र गणतन्त्र दैनिकप्रकाशित भइरहेका छन् भने लमहीबाट देउखुरी दैनिक पत्रिका प्रकाशन भइरहेकोछ । 'राप्ती पोष्ट' दैनिक दाङ जिल्लाबाट प्रकाशन हुने पाँचौ दैनिकका रुपमारहेको छ । पत्रिका सम्पादक/प्रकाशक अधिकारीले पत्रिका प्रकाशनका लागितयारी सुरु भइरहेको बताएका छन् । 


झापा जिल्लामा डाइनोसर फेला पर्‍यो

Posted by rapti sandesh on April 18, 2010 at 5:27 AM Comments comments (0)

दमक नगरपालिका को वडा नं. १५ र ९ मा रहेको हिमालय गुडरिक (चिया बगान;)मा एउटा अजंगको जनावर फेला परेको छ । झट्ट हेर्दा डाइनोसर जस्तो देखिने उक्त जनावर करिव चालिस फिट लामो र १५ फिट अग्लो रहेको प्रत्यक्षदर्शीले बताए । उनका अनुसार उक्त जनावर चिया वगानभित्र रहेको एउटा खाल्डोभित्र रहेको छ र त्यो बाहिर निस्किने कोशिस गरिरहेको छ ।खाल्डो गहिरो भएकोले त्यो बाहिर निस्कन भने अहिलेसम्म सकिरहेको छैन । अहिले उक्त स्थानमा बगान सुरक्षाका लागि बसेको नेपाली सेनाको टोली, सशस्त्र र जनपद प्रहरीको टोलीले घेराबन्दी गरेर राखेको छ । उक्त जनाबर बाहिर निस्किएमा त्यसले धेरै धनजनको क्षति गर्न सक्ने सम्भावना रहेको छ । त्यसलाई के गर्ने भन्नेबारेमा छिटो निर्णय गरिहाल्नु पर्ने अन्यथा ठूलो अनिष्ट हुन सक्ने सम्भावना रहेको छ । 

 

दाङमा सिमेण्ट उद्योग सञ्चालनको तयारीमा

Posted by rapti sandesh on April 17, 2010 at 10:25 AM Comments comments (0)

 

 

सविन प्रियासन दाङ,

 

दाङमा निर्माणाधिन ४ वटा ठूला सिमेन्ट उद्योगहरु सञ्चालनको तयारीमा रहेका छन् ।हालसम्म चार उद्योगहरु सञ्चालनको अन्तिम तयारीमा पुगिसकेका छन् ।

अध्ययन का क्रममा जिल्लामा सिमेण्ट उत्पादनको राम्रो सम्भावना देखिएपछि बिभिन्न कम्पनीहरु उद्योग खोल्न हौशिएका हुन् । उनीहरुले दैनिक ६ हजार टन बढी सिमेण्ट उत्पादन गर्ने बताएका छन् ।

जिल्लाको उत्तर तर्फो पहाडमा सिमेण्ट उत्पादन हुने ढुंगाको खानी रहेकाले सबै कम्पनीले ती पहाडबाट सिमेण्ट उत्पादन गर्ने तयारी गरेका छन् । सबै कम्पनीले जग्गा खरिद गरी मुख्य सडकबाट पहाडसम्म पुग्ने बाटो बनाइरहेका छन् । दाङ सिमेण्ट इण्डष्ट्रीजले पुरन्धाराको हापुरेमा, सोनापुर सिमेण्ट उद्योग प्रालीले दुधराशमा, घोराही सिमेण्ट उद्योग प्रालीले घोराहीको गोग्लीमा र रोल्पा सिमेण्ट प्रालीले दाङलाई केन्द्र मानेर रोल्पाको बुढागाउ काउलेचौर बाट सिमेण्ट उत्पादन गर्ने तयारी गरेका छन् ।

बिजौरी-१ दुधरासमा स्थापना भएको सोनापुर सिमेण्ट इण्डष्ट्रीजले ६० बिगाहा जमिन खरिद गरी उद्योग सञ्चालनको अन्तिम तयारी गरेको छ । दुधराश देखि १८ किमी उत्तरको दुवीडाडाबाट चुनढुंगा ल्याएर सिमेण्ट उत्पादन गरिने प्रालीका व्यवस्थापक बासु पाण्डेले बताए । दिनमा १ हजार टन सिमेण्ट उत्पादन गरिने उनको भनाइ छ। अबको आठ महिना भित्रै सिमेण्ट उत्पादन शुरु गरिने पाण्डेले जानकारी दिएका छन् । 'दुधराशमा बिधुत लाइन बिस्तार गर्न सजिलो भएकाले छिटै काम थाल्ने तयारी भएको छ,' उनले भने,'यहाको उत्पादन स्वदेशका साथै बिदेशमा समेत खपतहुने छ ।'

यसैगरी जिल्लामा सबैभन्दा पहिले दाङ सिमेण्ट इण्डष्ट्रीजले२०५२ सालदेखि काम थालेको थियो । इण्डष्ट्रिजले कारखाना सञ्चालनका लागि पुरन्धारा गाविस-२ कञ्चनपुरमा ३० बिगाहा जमिन खरीद गरिसकेको छ। यसैगरी खानीका लागि पुरन्धारा-१ र सल्यान जिल्लाको काभ्रा गाविस-८ का २० घरपरिवारको जग्गा खरीद गरेको र ती परिवार पुरन्धारामा झरिसकेको इण्डष्ट्रिजका फिल्ड संयोजक दिनेश डागीले बताएका छन् ।

घोराही-तुलसीपुरको विद्युत लाइनबाट कारखाना सञ्चालनका लागि आवश्यक पर्ने १५ एम.भी.ए. को भारप्राप्त नहुने भएकाले कारखाना भन्दा करिव ३० कि.मी. दक्षिणको पर्ूव पश्चिम राजमार्ग स्थित कुसुमबाट विद्युत आपर्ूर्ति गर्ने कार्य थालिएको प्रालीले जनाएको छ। यसैगरी प्रा.लि.ले कारखाना देखि तितेको लेकस्थित खानी सम्मको १५कि.मी. सडक पनि निर्माण गर्ने तयारी गरेको छ । विद्युत आपर्ूर्ति गर्न १५करोड रुपैयाँ जति खर्च लाग्ने र सडक निर्माणका लागि १० करोड रुपैयाँ जतिखर्च लाग्ने प्रा.लि.का फिल्ड संयोजक डागीले जानकारी दिए ।

उद्योग सञ्चालनका लागि सबै तयारी पूरा भैसके पनि बिधुत पुर्‍याउन नसक्दा ढिलाइ भैरहेको डागीले बताए । सरकारले बिधुत पुर्‍याउने भने पनि अहिले सम्म शुरु नगरेकाले सबै लगानी खेर गैरहेको उनको गुनाशो छ । 'बिधुत नआउदा सम्म केहीगर्न सकिदैन, उनले भने,'बैंकले फाइनान्स गर्ने बेला बिधुत हर्ेछ । बिधुतबिना लगानी नै गर्दैन, अनि कसरी काम थाल्नु -' जिल्लामा अझै थप दइकम्पनी सिमेण्ट उद्योग सञ्चालनका लागि आउन खोजिरहेको उल्लेख गर्दै डागी भन्छन्,'सरकारले प्रोत्साहन नगर्दा लगानीकर्ता निराश भएका छन् । बिद्युुत र सडक हुने हो भने दाङ सिमेण्टका लागि नेपालकै राजधानी बन्न सक्छ । त्यति प्रशस्त सिमेण्ट उत्पादनको सम्भावना छ यहा ।'

अहिले देशमा ८० प्रतिशत सिमेण्ट बाहिर बाट आयात भैरहेकोमा दाङमा उद्योग सञ्चालन हुन सकेमा ५०प्रतिशत बाहिरको आयात रोकिने सिमेन्ट कम्पनीको भनाइ छ । हापुरे स्थित उद्योगबाट दैनिक तीन हजार ६ सय टन सिमेण्ट उत्पादन गर्ने लक्ष्य लिइएको छ। उनका अनुसार प्रालीले अहिले प्रारम्भिक आठ अरब रुपैयाँ लगानी गरेको छ ।

छोराद्वारा आफ्नै बाबुको हत्या

Posted by rapti sandesh on April 14, 2010 at 8:01 AM Comments comments (0)

 

 दाङ लमही,बैशाख

 

बेला-४ निवासी २१ वर्षीय जम्मान गिरीले आइतवार राति आफ्नै बुवा ४१ वर्षीय हिरालाल गिरीको हत्या गरेका छन् । घरायसी विवादका कारण झैझगडा भएको र छोरा जम्मान गिरीले प्रहार गरेको लाठीबाट बुवा हिरालाल गिरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।


आइतवार राति अन्दाजी १२ बजेको समयमा छोराको लाठी प्रहारबाट हिरालालको मृत्यु भएको र हत्याका आरोपित जम्मान गिरीलाई राति १ बजे प्रहरीले नियन्त्रणमा लिएको इप्रका भालुवाङले जनाएको छ । हत्यासम्बन्धी सबै कुरा नखुलेको र हत्याको अनुसन्धान भइरहेको इप्रका भालुवाङले जनाएको छ । मृतक गिरीको शव पोष्टमार्टमका लागि लमही स्वास्थ्य चौकीमा ल्याइएको प्रहरीले जनाएको छ ।

 

शिक्षा अधिकारीको अनियमितताको पोल खुल्दै

Posted by rapti sandesh on April 14, 2010 at 3:52 AM Comments comments (1)

दाङ  बैशाख,


जिल्ला शिक्षा अधिकारी ध्रुवराज केसीले जिल्लामा गरेका अनियमितताका थप तथ्यहरु खुल्न थालेका छन् । मोटो रकम असुल गरी नक्कली अध्यापन अनुमतिपत्रको आधारमा जागिर खुवाएको रहस्य र्सार्वजनिक भएपछि जिल्लाका केही विद्यालयहरुमा नियम विपरीत प्रधानाध्यापक नियुक्ति गरेको पनिखुलासा भएको छ ।

जिल्लाशिक्षा अधिकारी केसीले शिक्षा ऐन र नियामावली विपरीत राहत शिक्षकलाई प्रधानाध्यापकको जिम्मा दिएका छन् । ढिकपुर प्राथमिक विद्यालय मकुण्डाँडाका प्रधानाध्यापक द्रोणबहादुर रावतलाई प्रधानाध्यापकबाट हटाएर यसै वर्ष राहत दरबन्दीमा विद्यालयमा हाजिर गराइएका शिक्षक बाबुराम विश्वकर्मालाई प्रधानाध्यापकको जिम्मा दिइएको छ । 'विभिन्न बहानाबाजी गरेरआफ्नो अनुकूल प्रधानाध्यापक राख्न मलाई हटाइयो', रावतले भने, 'सबै ठाउँबाट दवाव आएकाले जिल्ला शिक्षा अधिकारीले पुनः प्रधानाध्यापकको जिम्मा दिन्छु भनेर पटकपटक बोलाउनु भयो तर जिम्मा दिइएन ।' उनले त्यहाँ आफ्नो अपमान भएकाले विद्यालय छोडेर अहिले अर्को विद्यालयमा गएको जानकारी दिए ।

शिक्षा नियमावलीमा विद्यालयको स्थायी शिक्षकलाई प्रधानाध्यापकको जिम्मा दिनुपर्ने  व्यवस्था गरिएको छ । नियम र ऐनको धज्जी उडाउँदै शिक्षा अधिकारी केसीले  केही विद्यालयमा राहत शिक्षकलाई प्रधानाध्यापक नियुक्त गरेका हुन् ।शिक्षा अधिकारीले विद्यालयमा स्थायी शिक्षक हुँदाहुँदै नियम विपरीत राहत शिक्षकलाई प्रधानाध्यापक बनाएको विद्यालयस्रोतको दावी छ ।

विद्यालय व्यवस्थापन समितिले समेत प्रधानाध्यापकको लागि रावतलाई सिफारिस गरेको थियो। तर, शिक्षा अधिकारीले उनलाई र्समर्थन दिएका थिएनन् । उक्त ३ जना स्थायी शिक्षक दरबन्दीमा कार्यरत रहेका छन् । प्राथमिक विद्यालयमा स्थायी सबैशिक्षकहरु प्रावि दोस्रो श्रेणीका शिक्षकहरु छन् । तीनवटै स्थायी शिक्षकहरुलाई पन्छाउँदै जिल्ला शिक्षा अधिकारीले राहत शिक्षक विश्वकर्मालाई प्रधानाध्यापक बनाएका हुन् ।

जिल्लाकै अर्को मावि ढिकपुरमा पनि स्थायी शिक्षक पदम अधिकारीलाई प्रधानाध्यापक बाट हर्टाई यसै वर्ष विद्यालयमा पुगेका राहत शिक्षक श्रीप्रसाद यादव लाई  प्रधानाध्यापकको जिम्मा दिइएको छ । मावि ढिकपुरमा पनि २ जना स्थायी शिक्षक कार्यरत छन् । 'मलाई राजनीतिक प्रतिशोधका कारण प्रधानाध्यापकबाट हटाइएको हो' अधिकारीले थपे, 'अर्का कोही माविको स्थायी शिक्षक आउँछ भने प्रधानाध्यापकको जिम्मा त्यसैलाई दिन्छु भनेको थिएँ तर मेरो कुरा कसैले सुनेन ।'

जिल्ला शिक्षा अधिकारी केसीले देउखुरी उपत्यकाको राजपुर- ७ गौरिया नाकामा राहतदरवन्दीमा कार्यरत शिक्षिका पवित्रा केसीलाई पनि अलपत्र पारेका छन् । सो विद्यालयका प्रधानाध्यापक मस्तराम यादवले शिक्षिका केसीलाई दुःख दिने नियतले शिक्षा अधिकारीसँग साँठगाँठ गरी काजमा शिक्षा कार्यालयमै बोलाएकाथिए । उनलाई शिक्षा अधिकारीले फेरि अर्को विद्यालयमा काजमा खटाएका छन् ।'अहिले काजमा खटाइएको कुरा म नियुक्त भएको विद्यालय र अब जानुपर्ने विद्यालयलाई केही जानकारी नै छैन', शिक्षिका पवित्राले भनिन्, 'अब म कहाँजाने ? उनले आफूलाई शिक्षा अधिकारीले जबर्जस्ती काजमा शिक्षा कार्यालयमा बोलाएको दावी गरिन् ।

जिल्ला शिक्षा कार्यालयका उपसचिव ऋषिराम रिजालले यो नियुक्ति नियम संगत नभएको बताएका छन् । 'विद्यालयमा स्थायी शिक्षक हुँदाहुँदै अस्थायी र राहत शिक्षकलाई प्रधानाध्यापकको जिम्मा दिन मिल्दैन', रिजालले भने । 'नियममा तस्थायी शिक्षकलाई नै प्रधानाध्यापक बनानुपर्ने प्रावधान रहेको छ', रिजालले थपे ।

जिल्ला शिक्षा अधिकारी केसीले गरेका अनियमितताहरु र्सार्वजनिक हुन थालेपछि उनले दाङ छोडेका छन् । यता, जिल्ला प्रशासन कार्यालय दाङले दर्ुइ सदस्यीय प्रारम्भिक अनुसन्धान टोली बनाएर अनियमितताको छानविन थालेको छ भने उनले गरेका अनियमितताको थप खुलासा हुने क्रम पनि जारी रहेको छ । 


दुइसय दलित विद्यार्थीको शुल्क फिर्ता

Posted by rapti sandesh on April 14, 2010 at 3:43 AM Comments comments (0)

 रुकुम,बैशाख


 रुकुमको त्रिभुवन जनता उमाविले यस शैक्षिक सत्रमा लिएको विद्यार्थी शुल्क कक्षा ६ देखि कक्षा १२ सम्मका सम्पूर्ण दलित छात्रछात्राको शुल्क सोमवार एक कार्यक्रम गरी फिर्ता गरेको छ । उक्त विद्यालयको इतिहासमै विद्यार्थीहरुबाट लिइएको शुल्क फिर्ता गरेको यो पहिलो पटक हो । पूववर्ती सरकारले गरेको निर्णयानुसार सबै दलित विद्यार्थीलाई निःशुल्क शिक्षा हुनुपर्ने भन्दै दलित विद्यार्थीले संयुक्त दलित मञ्च गठन गरी चरणवद्ध आन्दोलन गरेपछि जिल्ला प्रशासन कार्यालयमा र्सवपक्षीय सहमतिअनुसार विद्यालयले शुल्क फिर्ता गरेको हो । कक्षा ६ देखि १२ मा अध्ययनरत २ सय ६ जना दलित विद्यार्थीहरुबाट लिएको करीब ३ लाख शुल्क फिर्ता गरिएको विद्यालयका प्राचार्य मीनबहादुर पुनले जानकारी दिनुभयो । विद्यालय चलाउनका लागि विद्यालयले लिने तथा सरकारले लिने सबै शुल्क फिर्ता दिएको उहा“ले बताउनुभयो । सबै विद्यार्थीको शुल्कबाट १० प्रतिशत शुल्क दलित छात्रछात्राको र्सवाङ्गीण विकासका लागि दलित अक्षयकोष खडा गर्ने दलित विद्यार्थीहरुले निर्णय गरेको संयुक्त दलित मञ्च रुकुमका अध्यक्ष लक्ष्मण विकले बताउनुभयो ।

 

स्वास्थ्य दिवसको अवसरमा कार्यक्रम

Posted by rapti sandesh on April 12, 2010 at 8:18 AM Comments comments (0)

सल्यान, चैत - विश्व स्वास्थ्य दिवस २०१० को अवसर पारी जिल्ला स्वास्थ्य कार्यालय सल्यानले बुधवार एक कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय सल्यानका प्रमुख डा. उमाशंकरप्रसाद चौधरीको अध्यक्षता एवं प्रमुख जिल्ला अधिकारी बाबुराम खनालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सुरक्षा निकायका प्रमुख, पत्रकार, स्वास्थ्यकर्मीलगायतको सहभागिता थियो । 'स्वस्थ जीवन स्वस्थ शहर' भन्ने नाराका साथ मनाइएको स्वास्थ्य दिवसबारे डा. नेत्र राणाले प्रकाश पार्नुभएको थियो । कार्यक्रमको सञ्चालन जनस्वास्थ्य निरीक्षक नरेन्द्र महर्जनले गर्नुभएको थियो ।

 

सुझाव संकलन

मुर्कुटी -दाङ,  चैत  नवजागरण महिला तथा बाल संरक्षण केन्द्र र हरप्लेसको संयुक्त आयोजनामा नया“ संविधानको मस्यौदामा नागरिक सहभागिता र सुझाव संकलन कार्यक्रम बिहीवार लोहारपानी गाविसस्थित मुर्कुटीमा सम्पन्न भयो । कार्यक्रममा लोहारपानी गाउ“ विकास समितिका सचिव यज्ञबहादुर भण्डारी, आमा समूहका अध्यक्ष दामी वली, अनमि तुलसा सुवेदी, स्वास्थ्य स्वयंसेविका केशरी वली, घनश्याम कौसललगायतले संविधानको मस्यौदामा छुट भएका कुराहरु समावेश गर्न आ-आफ्ना धारणा राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण तारा पौडेल र्रर् इश्वरीमिलन आचार्यले गर्नुभएको थियो ।

 


 

 

 


डढेलो बाट लाखौं बोटबिरुवाहरु नष्ट

Posted by rapti sandesh on April 12, 2010 at 8:12 AM Comments comments (0)

भालुवाङ, २८ चैत । लालमटिया-३ भालुवाङस्थित राप्ती सामुदायिक वनको वर्डबेला खण्डमा लागेको डढेलोले करीव ४ हेक्टरमा रहेका बोटविरुवा नष्ट गरेको छ । डढेलोबाट साल, खयर, हर्र्रो, बर्र्रो, ढौटी, थाकल, थर्लो, रोइनी लगायतका विभिन्न प्रजातिका बोटविरुवा जलेर नष्ट हुनुका साथै मयुर, कालिज, लुइचे, ढकुर लगायतका चरा-चुरुंगी जलेकाछन् ।

राप्ती सामुदायिक वनका अध्यक्ष मीना थापा, भूतपर्ूव अध्यक्ष रुद्रबहादुर झाक्री मगरलगायत समूहका पदाधिकारीहरुका साथै आम उपभोक्ताहरु, सशस्त्र प्रहरी बल ज्वालामाई गणका ५० जना र इलाका प्रहरी कार्यालय भालुवाङका २० जना जवानसमेत करीव ३ सय जनाले ७ घण्टा भरमग्दूर प्रयास गरेर आगो नियन्त्रणमा लिएका थिए ।

रातिको समयमा लागेको सो डढेलोका कारण चरा-चुरुंगी र वन्यजन्तु भाग्न नसकेकोले जलेर नष्ट भएको समूहका निवर्तमान अध्यक्ष रुद्रबहादुर झाक्री मगरले बताउनुभएको छ । सोही सामुदायिक वनको चैते गाउको नजिकै गर्ने ज्यामिरेमा पनि लागेको डढेलो स्थानीय उपभोक्ताहरुको सक्रियतामा नियन्त्रणमा आएको पत्रकार महेश रिजालले जनाउनुभएको छ ।

 



Rss_feed