|
|
भालुवाङ, २८ चैत । लालमटिया-३ भालुवाङस्थित राप्ती सामुदायिक वनको वर्डबेला खण्डमा लागेको डढेलोले करीव ४ हेक्टरमा रहेका बोटविरुवा नष्ट गरेको छ । डढेलोबाट साल, खयर, हर्र्रो, बर्र्रो, ढौटी, थाकल, थर्लो, रोइनी लगायतका विभिन्न प्रजातिका बोटविरुवा जलेर नष्ट हुनुका साथै मयुर, कालिज, लुइचे, ढकुर लगायतका चरा-चुरुंगी जलेकाछन् ।
राप्ती सामुदायिक वनका अध्यक्ष मीना थापा, भूतपर्ूव अध्यक्ष रुद्रबहादुर झाक्री मगरलगायत समूहका पदाधिकारीहरुका साथै आम उपभोक्ताहरु, सशस्त्र प्रहरी बल ज्वालामाई गणका ५० जना र इलाका प्रहरी कार्यालय भालुवाङका २० जना जवानसमेत करीव ३ सय जनाले ७ घण्टा भरमग्दूर प्रयास गरेर आगो नियन्त्रणमा लिएका थिए ।
रातिको समयमा लागेको सो डढेलोका कारण चरा-चुरुंगी र वन्यजन्तु भाग्न नसकेकोले जलेर नष्ट भएको समूहका निवर्तमान अध्यक्ष रुद्रबहादुर झाक्री मगरले बताउनुभएको छ । सोही सामुदायिक वनको चैते गाउको नजिकै गर्ने ज्यामिरेमा पनि लागेको डढेलो स्थानीय उपभोक्ताहरुको सक्रियतामा नियन्त्रणमा आएको पत्रकार महेश रिजालले जनाउनुभएको छ ।
Categories: None
The words you entered did not match the given text. Please try again.
Oops!
Oops, you forgot something.