|
|
दाङ बैशाख,
जिल्ला शिक्षा अधिकारी ध्रुवराज केसीले जिल्लामा गरेका अनियमितताका थप तथ्यहरु खुल्न थालेका छन् । मोटो रकम असुल गरी नक्कली अध्यापन अनुमतिपत्रको आधारमा जागिर खुवाएको रहस्य र्सार्वजनिक भएपछि जिल्लाका केही विद्यालयहरुमा नियम विपरीत प्रधानाध्यापक नियुक्ति गरेको पनिखुलासा भएको छ ।
जिल्लाशिक्षा अधिकारी केसीले शिक्षा ऐन र नियामावली विपरीत राहत शिक्षकलाई प्रधानाध्यापकको जिम्मा दिएका छन् । ढिकपुर प्राथमिक विद्यालय मकुण्डाँडाका प्रधानाध्यापक द्रोणबहादुर रावतलाई प्रधानाध्यापकबाट हटाएर यसै वर्ष राहत दरबन्दीमा विद्यालयमा हाजिर गराइएका शिक्षक बाबुराम विश्वकर्मालाई प्रधानाध्यापकको जिम्मा दिइएको छ । 'विभिन्न बहानाबाजी गरेरआफ्नो अनुकूल प्रधानाध्यापक राख्न मलाई हटाइयो', रावतले भने, 'सबै ठाउँबाट दवाव आएकाले जिल्ला शिक्षा अधिकारीले पुनः प्रधानाध्यापकको जिम्मा दिन्छु भनेर पटकपटक बोलाउनु भयो तर जिम्मा दिइएन ।' उनले त्यहाँ आफ्नो अपमान भएकाले विद्यालय छोडेर अहिले अर्को विद्यालयमा गएको जानकारी दिए ।
शिक्षा नियमावलीमा विद्यालयको स्थायी शिक्षकलाई प्रधानाध्यापकको जिम्मा दिनुपर्ने व्यवस्था गरिएको छ । नियम र ऐनको धज्जी उडाउँदै शिक्षा अधिकारी केसीले केही विद्यालयमा राहत शिक्षकलाई प्रधानाध्यापक नियुक्त गरेका हुन् ।शिक्षा अधिकारीले विद्यालयमा स्थायी शिक्षक हुँदाहुँदै नियम विपरीत राहत शिक्षकलाई प्रधानाध्यापक बनाएको विद्यालयस्रोतको दावी छ ।
विद्यालय व्यवस्थापन समितिले समेत प्रधानाध्यापकको लागि रावतलाई सिफारिस गरेको थियो। तर, शिक्षा अधिकारीले उनलाई र्समर्थन दिएका थिएनन् । उक्त ३ जना स्थायी शिक्षक दरबन्दीमा कार्यरत रहेका छन् । प्राथमिक विद्यालयमा स्थायी सबैशिक्षकहरु प्रावि दोस्रो श्रेणीका शिक्षकहरु छन् । तीनवटै स्थायी शिक्षकहरुलाई पन्छाउँदै जिल्ला शिक्षा अधिकारीले राहत शिक्षक विश्वकर्मालाई प्रधानाध्यापक बनाएका हुन् ।
जिल्लाकै अर्को मावि ढिकपुरमा पनि स्थायी शिक्षक पदम अधिकारीलाई प्रधानाध्यापक बाट हर्टाई यसै वर्ष विद्यालयमा पुगेका राहत शिक्षक श्रीप्रसाद यादव लाई प्रधानाध्यापकको जिम्मा दिइएको छ । मावि ढिकपुरमा पनि २ जना स्थायी शिक्षक कार्यरत छन् । 'मलाई राजनीतिक प्रतिशोधका कारण प्रधानाध्यापकबाट हटाइएको हो' अधिकारीले थपे, 'अर्का कोही माविको स्थायी शिक्षक आउँछ भने प्रधानाध्यापकको जिम्मा त्यसैलाई दिन्छु भनेको थिएँ तर मेरो कुरा कसैले सुनेन ।'
जिल्ला शिक्षा अधिकारी केसीले देउखुरी उपत्यकाको राजपुर- ७ गौरिया नाकामा राहतदरवन्दीमा कार्यरत शिक्षिका पवित्रा केसीलाई पनि अलपत्र पारेका छन् । सो विद्यालयका प्रधानाध्यापक मस्तराम यादवले शिक्षिका केसीलाई दुःख दिने नियतले शिक्षा अधिकारीसँग साँठगाँठ गरी काजमा शिक्षा कार्यालयमै बोलाएकाथिए । उनलाई शिक्षा अधिकारीले फेरि अर्को विद्यालयमा काजमा खटाएका छन् ।'अहिले काजमा खटाइएको कुरा म नियुक्त भएको विद्यालय र अब जानुपर्ने विद्यालयलाई केही जानकारी नै छैन', शिक्षिका पवित्राले भनिन्, 'अब म कहाँजाने ? उनले आफूलाई शिक्षा अधिकारीले जबर्जस्ती काजमा शिक्षा कार्यालयमा बोलाएको दावी गरिन् ।
जिल्ला शिक्षा कार्यालयका उपसचिव ऋषिराम रिजालले यो नियुक्ति नियम संगत नभएको बताएका छन् । 'विद्यालयमा स्थायी शिक्षक हुँदाहुँदै अस्थायी र राहत शिक्षकलाई प्रधानाध्यापकको जिम्मा दिन मिल्दैन', रिजालले भने । 'नियममा तस्थायी शिक्षकलाई नै प्रधानाध्यापक बनानुपर्ने प्रावधान रहेको छ', रिजालले थपे ।
जिल्ला शिक्षा अधिकारी केसीले गरेका अनियमितताहरु र्सार्वजनिक हुन थालेपछि उनले दाङ छोडेका छन् । यता, जिल्ला प्रशासन कार्यालय दाङले दर्ुइ सदस्यीय प्रारम्भिक अनुसन्धान टोली बनाएर अनियमितताको छानविन थालेको छ भने उनले गरेका अनियमितताको थप खुलासा हुने क्रम पनि जारी रहेको छ ।
Categories: None
The words you entered did not match the given text. Please try again.

Oops!
Oops, you forgot something.