|
|
दाङ लमही,बैशाख
बेला-४ निवासी २१ वर्षीय जम्मान गिरीले आइतवार राति आफ्नै बुवा ४१ वर्षीय हिरालाल गिरीको हत्या गरेका छन् । घरायसी विवादका कारण झैझगडा भएको र छोरा जम्मान गिरीले प्रहार गरेको लाठीबाट बुवा हिरालाल गिरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।
आइतवार राति अन्दाजी १२ बजेको समयमा छोराको लाठी प्रहारबाट हिरालालको मृत्यु भएको र हत्याका आरोपित जम्मान गिरीलाई राति १ बजे प्रहरीले नियन्त्रणमा लिएको इप्रका भालुवाङले जनाएको छ । हत्यासम्बन्धी सबै कुरा नखुलेको र हत्याको अनुसन्धान भइरहेको इप्रका भालुवाङले जनाएको छ । मृतक गिरीको शव पोष्टमार्टमका लागि लमही स्वास्थ्य चौकीमा ल्याइएको प्रहरीले जनाएको छ ।
Categories: None
The words you entered did not match the given text. Please try again.
Oops!
Oops, you forgot something.