|
|
सविन प्रियासन दाङ,
दाङमा निर्माणाधिन ४ वटा ठूला सिमेन्ट उद्योगहरु सञ्चालनको तयारीमा रहेका छन् ।हालसम्म चार उद्योगहरु सञ्चालनको अन्तिम तयारीमा पुगिसकेका छन् ।
अध्ययन का क्रममा जिल्लामा सिमेण्ट उत्पादनको राम्रो सम्भावना देखिएपछि बिभिन्न कम्पनीहरु उद्योग खोल्न हौशिएका हुन् । उनीहरुले दैनिक ६ हजार टन बढी सिमेण्ट उत्पादन गर्ने बताएका छन् ।
जिल्लाको उत्तर तर्फो पहाडमा सिमेण्ट उत्पादन हुने ढुंगाको खानी रहेकाले सबै कम्पनीले ती पहाडबाट सिमेण्ट उत्पादन गर्ने तयारी गरेका छन् । सबै कम्पनीले जग्गा खरिद गरी मुख्य सडकबाट पहाडसम्म पुग्ने बाटो बनाइरहेका छन् । दाङ सिमेण्ट इण्डष्ट्रीजले पुरन्धाराको हापुरेमा, सोनापुर सिमेण्ट उद्योग प्रालीले दुधराशमा, घोराही सिमेण्ट उद्योग प्रालीले घोराहीको गोग्लीमा र रोल्पा सिमेण्ट प्रालीले दाङलाई केन्द्र मानेर रोल्पाको बुढागाउ काउलेचौर बाट सिमेण्ट उत्पादन गर्ने तयारी गरेका छन् ।
बिजौरी-१ दुधरासमा स्थापना भएको सोनापुर सिमेण्ट इण्डष्ट्रीजले ६० बिगाहा जमिन खरिद गरी उद्योग सञ्चालनको अन्तिम तयारी गरेको छ । दुधराश देखि १८ किमी उत्तरको दुवीडाडाबाट चुनढुंगा ल्याएर सिमेण्ट उत्पादन गरिने प्रालीका व्यवस्थापक बासु पाण्डेले बताए । दिनमा १ हजार टन सिमेण्ट उत्पादन गरिने उनको भनाइ छ। अबको आठ महिना भित्रै सिमेण्ट उत्पादन शुरु गरिने पाण्डेले जानकारी दिएका छन् । 'दुधराशमा बिधुत लाइन बिस्तार गर्न सजिलो भएकाले छिटै काम थाल्ने तयारी भएको छ,' उनले भने,'यहाको उत्पादन स्वदेशका साथै बिदेशमा समेत खपतहुने छ ।'
यसैगरी जिल्लामा सबैभन्दा पहिले दाङ सिमेण्ट इण्डष्ट्रीजले२०५२ सालदेखि काम थालेको थियो । इण्डष्ट्रिजले कारखाना सञ्चालनका लागि पुरन्धारा गाविस-२ कञ्चनपुरमा ३० बिगाहा जमिन खरीद गरिसकेको छ। यसैगरी खानीका लागि पुरन्धारा-१ र सल्यान जिल्लाको काभ्रा गाविस-८ का २० घरपरिवारको जग्गा खरीद गरेको र ती परिवार पुरन्धारामा झरिसकेको इण्डष्ट्रिजका फिल्ड संयोजक दिनेश डागीले बताएका छन् ।
घोराही-तुलसीपुरको विद्युत लाइनबाट कारखाना सञ्चालनका लागि आवश्यक पर्ने १५ एम.भी.ए. को भारप्राप्त नहुने भएकाले कारखाना भन्दा करिव ३० कि.मी. दक्षिणको पर्ूव पश्चिम राजमार्ग स्थित कुसुमबाट विद्युत आपर्ूर्ति गर्ने कार्य थालिएको प्रालीले जनाएको छ। यसैगरी प्रा.लि.ले कारखाना देखि तितेको लेकस्थित खानी सम्मको १५कि.मी. सडक पनि निर्माण गर्ने तयारी गरेको छ । विद्युत आपर्ूर्ति गर्न १५करोड रुपैयाँ जति खर्च लाग्ने र सडक निर्माणका लागि १० करोड रुपैयाँ जतिखर्च लाग्ने प्रा.लि.का फिल्ड संयोजक डागीले जानकारी दिए ।
उद्योग सञ्चालनका लागि सबै तयारी पूरा भैसके पनि बिधुत पुर्याउन नसक्दा ढिलाइ भैरहेको डागीले बताए । सरकारले बिधुत पुर्याउने भने पनि अहिले सम्म शुरु नगरेकाले सबै लगानी खेर गैरहेको उनको गुनाशो छ । 'बिधुत नआउदा सम्म केहीगर्न सकिदैन, उनले भने,'बैंकले फाइनान्स गर्ने बेला बिधुत हर्ेछ । बिधुतबिना लगानी नै गर्दैन, अनि कसरी काम थाल्नु -' जिल्लामा अझै थप दइकम्पनी सिमेण्ट उद्योग सञ्चालनका लागि आउन खोजिरहेको उल्लेख गर्दै डागी भन्छन्,'सरकारले प्रोत्साहन नगर्दा लगानीकर्ता निराश भएका छन् । बिद्युुत र सडक हुने हो भने दाङ सिमेण्टका लागि नेपालकै राजधानी बन्न सक्छ । त्यति प्रशस्त सिमेण्ट उत्पादनको सम्भावना छ यहा ।'
अहिले देशमा ८० प्रतिशत सिमेण्ट बाहिर बाट आयात भैरहेकोमा दाङमा उद्योग सञ्चालन हुन सकेमा ५०प्रतिशत बाहिरको आयात रोकिने सिमेन्ट कम्पनीको भनाइ छ । हापुरे स्थित उद्योगबाट दैनिक तीन हजार ६ सय टन सिमेण्ट उत्पादन गर्ने लक्ष्य लिइएको छ। उनका अनुसार प्रालीले अहिले प्रारम्भिक आठ अरब रुपैयाँ लगानी गरेको छ ।
Categories: None
The words you entered did not match the given text. Please try again.
Oops!
Oops, you forgot something.