|
|
निर्दोष परिवार विचल्लीमा क्षतिपूर्ति को माग गर्दै अपिल
दाङ जेष्ठ
दाङ जिल्ला को ढिकपुर ४ मा गत माघ मा भयको होम बहादुर चौधरी हत्याकाण्डको विषय लाई लियर अन्य निर्दोष परिवारहरु वस्दै आएको घर जीविकोपार्जनका लागि प्रयोग मा ल्याउने नगद जिन्सी तथा अन्न, भाँडा वार्तन, लत्ता कपडा सहितअन्य सम्पूर्ण सामग्रीहरु ध्वस्त भयपछी उक्त परिवार का अन्य निर्दोष वालबच्चा हरुले सुरक्षा र क्षतिपूर्ति को माग गरिदिन सम्बन्धित सबैमा अपिलगरेका छन् ।
हत्याप्रकरण लाइ लियर घरका अन्य निर्दोष परिवारहरुको विचल्ली र यातना भोग्नेगरेको थाहा हुन आएको छ । घरको कुनै एकजना परिवारले गरेको गल्तीका कारण अन्य निर्दोष पुरै परिवार नै यातना को शिकार भयका छन्। हत्या को खबर सार्वजनिक भय लगत्तै आक्रोषित पिडितपक्ष तथा गाउँलेहरु बाट अन्य निर्दोष परिवार वस्दै आएको घर लगाएत सम्पूर्ण सामग्री हरु माथि तोडफोड र आगजनी गरिध्वस्त गरिएको थियो । अहिले ति घरका अन्य नीर्दोष वालबच्चाहरु को बिचल्लीमात्र होइन गास बास कपास र शिक्षा बाट समेत बन्चित छन्।
अहिलेसम्म ति निर्दोष वालबच्चाहरुको अवस्था कस्तो छ ? भनेर बुझ्ने फुर्सद सम्मछैन यहाँ स्थित कुनै संघ संस्था राजनीतिक दल र पत्रकार हरुलाई अरु त के दण्डहीनता को चर्को आवाज उकेल्ने व्यक्ति संघ संस्था हरुलाई समेत कुनैचासो र वास्ता छैन ति निर्दोष परिवार हरु अहिले न्याय दिलाउने मानव समाजको खोजि गर्दै सडकमा भौतारी रहेका छन्।
तर विडम्बना उनीहरुको जायज कुराहरु सुनिदिने पक्षहरु अहिलेसम्म नहुँदा दण्डहीनता को आवाज उठाउने व्यक्ति संघ संस्था र समुदाय लाइ यी निर्दोषपरिवारहरु माथि गरियको व्यवहारले छर्लंग पारेको छ. ।
अहिले निर्दोष परिवारका पिडित सदस्यहरु डर त्रास ले भयभित छन् ति निर्दोष वालकहरुको शिक्षा को कुरा त टाढा रहेको छ उनिहरुको भविश्य अन्धकार हुने मात्र होइन स्वतन्त्र हिडडुल गर्न पाउने अधिकार बाट पनि वन्चित रहनु पर्ने वाध्यता छ। हामीले पढ्ने त के वाहिर निस्कन र हिडडुल गर्न समेत हामीलाई डर लागिरहेको छ कोठामा खान बस्न पनि समस्या भयको छ पैसा छैन आफन्तहरु ले पनि डर त्रासले कुनै सहयोग गर्न सकेका छैनन् समाजबाट पनि एक अपराधिलाई हेर्ने नजरले हेर्ने गरियको छ । हामीलाई पनि मृतक वालक होम बहादुर लाइ जस्तै मार्ने धम्किका हल्ला हरु सुन्छौं एक जनाको गल्तिले पुरै परिवारको यो हालत भयो हामीलाई त बाँच्न पनि गाह्रो भएको छ परिवार को एकजनाले गल्ति गर्दा हामि निर्दोषहरु ले यो यातना र पिडाहरु भोगिरहेका छौं निर्दोष परिवारका ति पिडित वालक हरुले आँखाबाट आँशु झार्दै भनेका छन् हाम्रो घर लगायत सम्पूर्ण नष्ट गरियको छ गास बास कपास का लागि क्षतिपुर्ती पनि पाएका छैनौ कसैले क्षतिपूर्ति दिलाउने कोशिष गरेका पनि छैनन् यस्तै रहे भोक भोकै प्राण त्याग गर्नु पर्ने अवस्था छ।
अपिल
सम्माननीय प्रधानमन्त्री ज्यु
नेपाल सरकार प्रधानमन्त्री को कार्यालय सिंहदरवार काठमाडौँ !
तथाजिल्ला प्रशासन कार्यालय दाङ लगायत राजनीतिक दलहरु, मानव अधिकारकर्मी संघ,संस्था,नागरिक समाज, पत्रकार संघ, संस्था, बुद्दिजीवी, व्यबसायी,पेशाकर्मी, लगायत यहा क्रियाशील सबै संघ संस्था तथा न्यायप्रेमी वुवा आमादाजभाइ तथा दिदीबहिनीहरु !
विषय :- क्षतिपूर्ति तथा गास बास कपास उपलव्ध गराई पाउँ भन्ने बारे !
माथिउल्लेखित सम्पूर्ण पक्ष हरु समक्ष यो निबेदन गर्न गैरहेका छौं कि गत माघ/फाल्गुन मा ढिकपुर गा. बि.स.वार्ड नं. ७ का निर्दोष वालक होम बहादुरचौधरी अपहरण पश्चात हत्या भयको कुरा सबैमा सर्वविदितै छ उक्त घटनालाई लिएरआक्रोशित परिवार पक्ष लगाएत अन्य व्यक्तिहरु तथा पक्षहरु बाट निर्दोषरहेका हामि बस्दै आइरहेको हाम्रो घर ,तथा मानव जीविकोपार्जन का लागि उपभोग्य,उपयोगी र प्रयोगमा ल्याइने'वस्तुहरु नगद,जिन्सी,अन्न,लत्ताकपडा,कुवा, रुखवृक्ष,पशुचौपाया,लगाएत सबै साधन श्रोतहरु मा तोडफोडतथा आगजनी गरि ध्वस्त गरि हामी निर्दोष व्यक्तिहरु र परिवार कै ज्यु ज्यानसमेत जोखिम मा पार्ने जस्ता अन्यायपूर्ण कार्य भएको सप्रमाण प्रष्टै छ यदिहत्या गर्ने व्यक्तिले जानी नजानी गल्ति र अपराध गरेको भयपनी त्यसव्यक्तिलाई दण्ड र कारवाही गर्ने पिडित लाइ न्याय दिने काम कर्तव्य सरकार,कानुन र प्रशासन ले हो कुनै व्यक्ति वा समूह ले होइन भन्ने मान्यता छँदाछँदै पनि परिवार का अन्य निर्दोष सदस्यहरु महिला बालबच्चा हरुलाई नै आर्थिक , भौतिक ,सामाजिक,मानसिक र नैतिक जस्ता पिडा र यातना दिने मात्रनभयर गास बास कपास बाट वन्चित हुने गरि र ज्यु ज्यान को समेत असुरक्षा भयको ध्रुव सत्य कुरा घाम जस्तै छर्लंग छ ! निर्दोष वालक को अपहरण पश्चातहत्या हुनु र एक्कासी लाश घर नजिकै को खाडल बाट निकाल्दा हामि निर्दोष परिवार पनि एकदमै मर्माहत र भावविव्हल भयका थियौं र छौँ पनि . झनै त्यसैमाथि पनि हामि र हाम्रो घर परिवार माथि नै केहि समाजका व्यक्तिहरु द्वारागरियको यातना पिडा लगायत अन्य भौतिक संरचना माथि नै गरियको र गराइयको बज्रपात एकदमै अन्याय र अशैह्य छ ! उक्त कार्यले हाम्रो घरबार गास बास कपास नै उजाडियको छ भने हामि निर्दोषहरु को भविष्य अन्धकार हुने निश्चित छ परिवारको कुनै सदस्य ले गल्तिगर्दा अन्य निर्दोष परिवार माथि नै यति ठुलोयातना दिने चलन सायद सँसारको कुनै पनि देश र त्यहाको कानुन मा छैन होला हामीलाई खाना बस्नका लागि समस्या भएको छ घरबार सबै ध्वस्त भै सक्यो अहिलेसम्म निर्दोष बाल बच्चाहरु कहाँ छन् र के खाइ बसेका छन् ? भनेर यहा कसैले सोध्ने सम्म गर्दैनन् त्यसैले हामि निर्दोष परिवार माथि मानबिय नाताले क्षतिपूर्ति दिलाई न्याय गरि सहयोग गरिदिनु हुन सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछौं हामि अहिले यहाँ सदरमुकाम स्थित एक घरको एउटा कोठा भाडामा लियर बसेका भय पनि हामी संग भाडा तिर्ने आर्थिक रकम छैन खाना लाइ केहिकुरा छैन लत्ता कपडा पनि छैन भयाजती सबै ध्वस्त गर्दिसके हामि निर्दोष परिवारलाई पनि अपराधी लाइ जस्तो हेर्ने नजरले हेर्ने गर्छन हाम्रो के दोषथियो ? र हामि माथि यत्रो ठुलो अन्याय गरियको छ ? के परिवार को कुनै एक सदस्य ले अपराध गर्दा सबै परिवार लाइ अपराधिको नजर ले हेर्न मिल्छ ? र निर्दोष हरुको जीवन नै बर्बाद गर्न मिल्छ ? यदि हामि निर्दोष परिवारलाई यातना दियर अपराधहरु निर्मुल हुन्छ र मृतक वालक र उनका परिवारको आत्मा सन्तुष्टि हुन्छ ! तमाम् पिडित हरु लाइ न्याय मिल्छ भने हामी देहत्याग गर्न तयार छौं !!!
Categories: None
The words you entered did not match the given text. Please try again.
Oops!
Oops, you forgot something.