|
|
लमही, २४ जेठ । गोरुले मकै खाएको विषयमा विवाद हु“दा देउखुरीमा आइतवार एक युवकले आफ्नै कान्छा हजुरबुवा र हजुरआमाको हत्या गरेका छन् । गंगापरस्पुर गाविस-५ कुमालगाउ“का २५ वषर्ीय नरेश कुमाल चौधरीले धारिलो हतियार प्रहार गरी कान्छा हजुरबुवा र हजुरआमाको हत्या गरेका हुन् ।
मृत्यु हुनेमा ५५ वषर्ीय मणिराम चौधरी र उनकी श्रीमती ५० वषर्ीया आ“सु कुमाल चौधरी रहेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । अभियुक्त नरेशले मासु काट्ने दाउ प्रयोग गरी चौधरी दम्पतीको हत्या गरेको प्रहरीले जनाएको छ ।
गोरुले बारीको मकै खाइदिएको विषयमा शनिवार दुइ पक्षबीच विवाद भएको थियो । सोही विवाद चर्केपछि आइतवार बृद्ध दम्पत्तिको हत्या भएको इप्रका गढवाका प्रहरी निरीक्षक इन्द्रबहादुर साहुले जानकारी दिनुभयो । दुबैजनाको घटनास्थलमै ज्यान गएको थियो । अभियुक्त नरेश फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।श्रीमतीको हत्या, श्रीमान्द्वारा आत्महत्याअर्घर्ाा“चीको ठाडा गाविसमा श्रीमान्ले श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरेका छन् । ठाडा गाविस-३ चाक्ला निवासी ५२ वषर्ीय डिलबहादुर सुनारले आफ्नै श्रीमती ४८ वषर्ीया वसन्तीलाई बञ्चरो प्रहार गरी हत्या गरेका थिए । श्रीमतीको हत्या गरेपछि आफू पनि घर नजिकैको जंगलमा गएर झुण्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ ।
Categories: None
The words you entered did not match the given text. Please try again.
Oops!
Oops, you forgot something.