www.raptisandesh.webs.com
राप्ती सन्देश डट वेब्स् डट कम

मध्यपश्चिम को आवाज

NEWS

युनिटीका 'मस्ट वान्टेड' पक्राउ

Posted by rapti sandesh on June 7, 2010 at 7:53 AM


काठमाडौं, जेठ २४  बैंकिग,बिमा र स्वास्थ्य योजना सञ्चालन गरीचार अर्ब भन्दा बढी ठगी गरेको अभियोगमा फरार रहेका युनिटी लाइफइन्टरन्यासनलका एक सञ्चालक पक्राउ परेका छन्। प्रहरीको मोष्ट वान्टेडसूचीमा रहेका डिर्पाटमेन्टल स्टोर प्रमुख इन्द्र विश्वकर्मा आइतबार पक्राउपरेका हुन्

युनिटी कान्डको अनुशन्धानमा खटिएको ललितपुर प्रहरी परिसरको विशेष टोलीलेआईतबार विश्वकर्मालाई पोखरामा पक्राउ गरेको हो। ललितपुर परिसर प्रमुखविक्रम थापाले विश्वकर्मा पक्राउ परेको पुष्टी गर्दै उनलाई काठमाडौंल्याउने तयारी गरिएको बताए। 

जेठ ४ गते गैर कानुनी रुपमा बैंकिग,वीमा र स्वास्थ्य योजना सञ्चालन गरी ठगी गरेको अभियोगमा गृह मन्त्रालयलेयुनीटीका अध्यक्ष काशीराज गुरुङ (प्रसाद), प्रबन्ध निर्देशक विष्णुबहादुरक्षेत्री, अर्थ निर्देशक भीम गुरुङ, प्रशिक्षण निर्देशक कृष्णबहादुरक्षेत्री, डिर्पाटमेन्टल स्टोर निर्देशक इन्द्र विश्वकर्मा, आइटी निर्देशकनेत्र राजवंशी, महेन्द्र केसी र विश्वनाथ गौतमको नाममा पक्राउ गर्ननिर्देशन दिएको थियो।

प्रहरीले युनिटीको केन्द्रीय कार्यालयवाटअर्थ निर्देशक भीम र आईटी निर्देशक नेत्रलाई पक्राउ गरेपनि विश्वकर्मासहित अन्य सञ्चालकहरु फरार भएका थिए। ठगी अभियोगमा अनुशन्धान प्रकृयाअगाडि बढाउँदै प्रहरीले मध्यमाञ्चल ग्रामिण विकास बैंकका प्रमुख रामदेवयादव, युनिटीका लेखा प्रमुख भीम क्षेत्री र आईटी निर्देशक सुदीप घिमिरेलाईपक्राउ गरिसकेको छ।

राजश्व अनुशन्धान विभाग र प्रहरीले युनिटीप्रधान कार्यालयमा रहेका सामाग्री नियनत्रणमा लिएर अनुसन्धान प्रकृयाअगाडि बढाएपछि युनिटीका प्रमुख पाँच सञ्चालकहरु भने अझै पक्राउ पर्न सकेकाछैनन्। युनिटी स्रोतका अनुसार युनिटीका अध्यक्ष काशी र निर्देशक विष्णुअहिले पनि काठमाडौंका विभिन्न गेष्ट हाउसमा बसेका युनिटीका लिडरहरुसँगनियमित सम्पर्कमा छन्। उनीहरुले सर्वोच्च अदालतले युनिटीको पक्षमा फैसलागर्ने आश्वासन दिँदै लिडरहरुलाई अविर जात्राको तयारी गर्न निर्देशन दिनेगरेका छन्।

स्रोतका अनुसार शुक्रबार काशीले सुन्धारा क्षेत्रमारहेका लिडरहरुलाई फोन गरेर 'ढुक्क हुनु सबै कुरा मिलिसकेको छ' भनेका थिए।युनिटी स्रोतका अनुसार सञ्चालनमा मूख्य आठ जना देखिएपनि सम्पूर्ण आर्थिककारोवार काशी र विष्णुले गर्ने भएकाले उनीहरु पक्राउ नपरेसम्म संकलितरकमको विवरण फेला पर्न सक्दैन। 

काशी र विष्णुकाविश्वासपात्रहरुलाई पक्राउ गर्ने हो भने पनि युनिटीले संकलन गरेको रकमराखिएको स्थान फेला पर्नसक्ने स्रोत बताउँछ। काशी र विष्णुले पाँच जनासहयोगी मार्फत युनिटीको नाममा संकलन भएको रकम ब्यक्तिगत लगानी गर्ने गरेकोस्रोतको दावी छ।

प्रहरीले समेत काशी र तीनका प्रमुख सहयोगी रदोस्रो तहका नेताको नामावली तयार पारेको छ। तर, पक्राउका लागि सक्रियदेखिएको छैन। प्रहरीको सूची अनुसार कशिराज र विष्णुले आर्थिक कारोवारमाभानु कँडेल, श्रीमात्मा श्रेष्ठ, भुपेन्द्र मल्ल र दिपक भट्टराईलाई लगाउनेगरेको छ।

प्रहरीले पक्राउ गर्नुपर्ने युनिटी दोस्रो तहकालिडरहरुको नामावली तयार पारेपनि उनीहरुको खोजी गरेको छैन। टप अचिभररामप्रसाद घिमिरे, प्रेमबहादुर श्रेष्ठ, सुरज यादव, श्रीमात्मा श्रेष्ठ,नारायण तिवारी, लिला गोदार, अशोक श्रेष्ठ, कल्याण पिया, ठाकुर भट्टराई,रुपमकुमार राई, सुरज यादव, विरेन्द्र न्यौपानेको सूची तयार पारेको छ।स्रोतका अनुसार प्रहरीको सूचीमा रहेका अधिकांश युनिटी लिडर काठमाडौमैसक्रिय छन्। स्रोतले भन्यो 'प्रहरी अधिकारीहरुलाई पनि उनीहरुको बारेमाजानकारी छ, तर पक्राउको प्रयास गरेको छैन।'

युनिटीकान्डकोअनुसन्धान गरिरहेका एसपी विक्रम थापा युनिटीसँग आवद्ध ब्यक्तिहरुको खोजीमाप्रहरी सक्रिय रहेको दावी गरे। उनले प्रारम्भमा मुख्य सञ्चालकहरुको खोजीमाप्रहरी सक्रिय रहेको बताए। नागरिक 

 

 

Categories: None

Post a Comment

Oops!

Oops, you forgot something.

Oops!

The words you entered did not match the given text. Please try again.

Already a member? Sign In

0 Comments