www.raptisandesh.webs.com
राप्ती सन्देश डट वेब्स् डट कम

मध्यपश्चिम को आवाज

NEWS

फेसबुकको सिकार हुनुभएको त छैन ?

Posted by rapti sandesh on July 4, 2010 at 4:08 AM

काठमाडौँ, असार १९  । नेपाली समाजमा इन्टरनेटको प्रयोगसँगै सामाजिक सञ्जालहरूको प्रयोग उल्लेख्य रूपमा बढ्दो छ ।

सामाजिक सञ्जाल फेस बुकमा अर्काको एकाउन्ट खोलिदिने(इम्पोस्टर फेसबुक;), नेताहरूको अश्लील कार्टुन तथा तस्बिरहरू सार्वजनिकगर्नेजस्ता कार्य बढ्दो क्रममा रहेको पाइएको छ ।

विश्वमा करिब ४० लाख प्रयोगकर्ता रहेको सामाजिक सञ्जालफेसबुक अहिले नेपाली समाजमा पनि निकै लोकपि्रय छ । युवा, नेता,साहित्यकार, प्रोफेसर, कलाकर्मी, सञ्चारकर्मीसमेतको रोजाइ भएको छ सामाजिकसञ्जाल फेसबुक । फेसबुक अहिले युवामाझ साथीभाइसँग आफूलाई लागेका कुरा,तस्बिर तथा विचार साट्ने चौतारी नै बन्न पुगेको छ भने अर्कातर्फ यसमार्फतसमाजका विशिष्ट व्यक्तिहरूको प्रतिष्ठामै आँच पुग्ने खालका कार्यहरूभइरहेका छन् ।

विशिष्ट व्यक्तिहरूको विवरण तथा तस्बिरहरू प्रयोग गरेरइम्पोस्टर फेसबुक एकाउन्ट बनाउने प्रवृत्ति बढेर गएको छ । यसको सिकारप्रधानमन्त्री माधवकुमार नेपालसमेत हुनुभएको छ । उहाँका नाममा एकदर्जनभन्दा बढी इम्पोस्टर फेसबुक प्रोफाइल रहेका छन् । साथै फेसबुकमार्फतउहाँलगायतका विशिष्ट व्यक्तिहरूको अश्लील तस्बिर तथा कार्टुन यत्रतत्रपाइने गरेका छन् ।

फेसबुक इम्पोस्टरको अर्का सिकार हुनुभएको छ, वरिष्ठहास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य । उहाँहरूको व्यक्तिगतफेसबुक प्रोफाइलहरू तीन/चारवटा र संयुक्त रूपमा मह जोडीका नाममा समेतथुप्रै फेसबुक एकाउन्ट रहेका छन् ।

वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ आˆनो नाममा फेसबुकएकाउन्ट खोलिएको विभिन्न सञ्चारमाध्यमबाट मात्र थाहा पाएको बताउँदै आˆनोनाममा खोलिएको फेसबुक इन्टरनेटमा अहिलेसम्म आफूले नहेरेको बताउनुभयो ।चिनेका हिसाबले कसैले आˆनो नाममा एकाउन्ट खोलेको घटना हल्का रूपमा लिएकोबताउने श्रेष्ठ अहिलेसम्म आˆना बारेमा केही नराम्रो कुरा नलेखिएकालेरोक्नेतिर आफू नलागेको जानकारी दिनुभयो ।

फेसबुकमार्फत व्यक्तिगत आक्षेप, परिवारलाई अप्ठेरोपार्ने तथा अश्लील कुरा सार्वजनिक गर्नेजस्ता कार्य कसैले गर्न नहुनेवरिष्ठ हास्यकलाकार श्रेष्ठ बताउनुहुन्छ । नेता, कलाकार तथा अन्यव्यक्तिलाई सकारात्मक सन्देश दिने खालका तस्बिर तथा सन्देशहरू सामाजिकसञ्जालमार्फत प्रकाशन गर्नु राम्रो हो तर मनगढन्ते किसिमले कुनै व्यक्तिकोचरित्र हत्या गर्ने खालका क्रियाकलापलाई रोक्नुपर्ने धारणा वरिष्ठहास्यकलाकार श्रेष्ठको रहेको छ ।

काठमाडौँ विश्वविद्यालयमा कम्प्युटर इन्जिनियरिङकाविद्यार्थीले केही महिनाअघि संविधानसभाका सभासद गगन थापाको नाममा फेसबुकप्रोफाइलमार्फत जे मन लाग्यो त्यही लेख्न थालेको उजुरीका आधारमा प्रहरीतथा प्रमाणीकरणको कार्यालयको सहयोगमा ती विद्यार्थीलाई नियन्त्रणमा लिइएकोप्रमाणीकरणको कार्यालयका नियन्त्रक राजनराज पन्तले जानकारी दिनुभयो ।

फेसबुकमा नयाँ खाता खोल्न निकै सजिलो भएकाले पनियसप्रकारको प्रवृत्ति वृद्धि भएकोे बताउँदै यी कार्य बढ्दै गए नियन्त्रणगर्न निकै गाह्रो हुने पनि उहाँले बताउनुभयो ।

"यस प्रकारका समस्या देशभित्रबाट नियन्त्रण गरे पनिअन्य देशबाट समेत यी कार्य हुने हुँदा नियन्त्रण गर्न कठिनाइ छ",नियन्त्रक पन्त भन्नुहुन्छ । इम्पोस्टर तथा अश्लील तस्बिर पोस्टगर्नेजस्ता कार्यले समाजमा खलल पुर्‍याएमा सामाजिक सञ्जाल नै बन्द गर्नसकिने नियन्त्रक पन्तले बताउनुभयो ।

साइबर क्राइम शाखा हनुमानढोकाका प्रहरी निरीक्षकचन्द्रसिंह घामीले इम्पोस्टर फेसबुक बनाउने तथा आपत्तिजनक तस्बिरसार्वजनिक रूपमा पोस्ट गर्ने प्रवृत्ति नेपाली समाजमा बढ्दो क्रममा रहेकोपाइएको जनाउनुभयो । इन्टरनेट प्रयोगकर्ताले साइबरमार्फत तथा विदेशबाट समेतयसप्रकारका कार्य गर्ने हुँदा पहिचान गर्न गाह्रो भएको उहाँले बताउनुभयो ।

 


Categories: None

Post a Comment

Oops!

Oops, you forgot something.

Oops!

The words you entered did not match the given text. Please try again.

Already a member? Sign In

0 Comments